प्रस, वीरगंज, ३ फागुन/
एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजले शनिवार राइट फर राइट कार्यक्रम अन्तर्गत एक महीनादेखि सञ्चालित हस्ताक्षर अभियानको समापन गरेको छ ।
मानव अधिकार परिवेक्षक रजनीश झाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार युवराज खड्का, अभिलाष गुप्ता, एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजका पूर्वसंयोजक राजेश बोथरा, सुरेश पारिक, मन्नु यादव, सुनील महतोलगायतको सहभागिता थियो ।
सरकारद्वारा विश्वव्यापी छवटा मानव अधिकारपीडित व्यक्तिहरूप्रति सद्भाव राख्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । एमनेस्टीले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरेको र वीरगंजको घण्टाघरमा पनि सो अभियान सञ्चालन गरिएको हो । यो अभियान नेपालमा एक महीनादेखि सञ्चालन हुँदै आएको पूर्वसंयोजक बोथराले बताए । पीडितहरूलाई न्याय दिलाउने उद्देश्यले आयोजित हस्ताक्षर अभियानमा शनिवारसम्म १२ सयजनाले हस्ताक्षर गरेका छन् । एक महीनादेखि सञ्चालित अभियान आजै समापन भएको जानकारी गराइएको छ ।