प्रस, वीरगंज, ३ फागुन/
नेपाल जनता पार्टी पर्सा जिल्ला समितिद्वारा शनिवार वीरगंज पब्लिक कलेजमा एक दिने व्यक्तित्व तथा नेतृत्व विकास तालीम सम्पन्न भएको छ ।
सो पार्टीका विभिन्न तहमा रहेका नेता तथा सक्रिय कार्यकर्ताहरूलाई मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, नेपाल क्रिकेट सङ्घका राष्ट्रिय एम्पायर एवं बिपिसीका प्राध्यापक वासु कर्णले प्रशिक्षण दिएका थिए ।
नेपाल जनता पार्टी पर्साका अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको तालीममा सन्तोषानन्द महाराज, राजीनन्द चौधरी, विनोदप्रसाद कुर्मी, पारस द्विवेदी, प्रह्लादसाह कलवारलगायतको सहभागिता थियो ।