प्रस, वीरगंज, ३ फागुन/
कुम्हालटोल टोल सुधार समिति वीरगंजको आयोजनामा शनिवार रेलवे रोडस्थित पञ्चमुखी हनुमान मन्दिर अगाडि निश्शुल्क भोजन शिविर सम्पन्न भएको छ । मासिकरूपमा पहिलो शनिवार गरीब, असहाय, विपन्नहरूलाई लक्षित गरेर निश्शुल्क भोजन गराउँदै आएको समाजका अध्यक्ष नन्दलाल अहिरले बताए ।
विगत छ महीनादेखि निश्शुल्क भोजन कार्यक्रम आयोजना गर्दै आएको र आजको कार्यक्रममा उपाध्यक्ष अशोक गुप्ता, सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीलगायतले भोजन व्यवस्थापनमा सहयोग गरेको उनले बताए ।
आगामी महीनादेखि अद्र्धमासिक निश्शुल्क भोजनको तयारी गरिएको समितिका सहसचिव रितेश गुप्ताले बताए । उनले पछिल्लो समयमा निश्शुल्क भोजनका लागि दाताहरूको सहयोग बढेकाले अद्र्धमासिकरूपमा निश्शुल्क भोजनको तयारी गरिएको बताए ।