प्रस, पर्सागढी, ३ फागुन/
पर्सागढी नगरपालिका–३ स्थित प्रहरी चौकी बडनिहारले मोटरसाइकलसहित गोलिया बरामद गरेको छ ।
प्रहरी चौकी बडनिहारका प्रहरी सहायक निरीक्षक कृष्ण राईले प्रदेश ३ ना १४ प ९४८ नम्बरको मोटरसाइकलमा लोड गरी गोलिया काठ लग्दै गरेको अवस्थामा प्रहरीलाई हेरेर चालक मोटरसाइकल छाडेर फरार भएको बताए । प्रहरीले मोटरसाइकलमा रहेको अन्दाजी साढे पाँच क्युफिट गोलिया नियन्त्रणमा लिएको र वनलाई बुझाएको बताए ।