प्रथम छात्र तथा छात्रा क्रिकेट प्रतियोगिता शुरू अतिरिक्त क्रियाकलाप गराउनुपर्छ–उपप्रमुख आलम

प्रस, वीरगंज, ३ फागुन/
निजी तथा आवासीय विद्यालय एशोसिएशन (प्याब्सन) महानगरको आयोजनामा शनिवारदेखि अन्तर विद्यालय प्रथम छात्र क्रिकेट तथा १२ वर्षमुनिको छात्रा क्रिकेट प्रतियोगिता शुरू भएको छ ।

वीरगंज महानगरपालिका–२४ स्थित ज्ञानदा एकेडेमीमा शुरू भएको प्रतियोगिताको उपप्रमुख इम्तियाज आलमले उद्घाटन गरेका थिए । उनले प्रतियोगिताले बालबालिकाहरूमा खेलकूदप्रतिको रुचि बढाउन योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्ता प्रतियोगिता आयोजना गर्न सुझाए । उपप्रमुख आलमले शिक्षासँगै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि समावेश गराउनुपर्ने बताए । विद्यार्थीको चौतर्फी विकासमा खेलकूदलगायतका अतिरिक्त क्रियाकलाप आवश्यक हुने हुँदा सबै विद्यालयलाई यस प्रकारको गतिविधि सञ्चालन गर्न आग्रह गरे ।

प्याब्सन महानगर कमिटी अध्यक्ष राहुल श्रीवास्वको अध्यक्षतामा भएको उद्घाटन समारोहमा क्रिकेट सङ्घ नेपाल पर्साका अध्यक्ष मनीष सिंह, विद्यालय खेलकूद सङ्घका अध्यक्ष आलोक चौरसिया, गौतम माविका निर्देशक सोनाम लामालगायतको सहभागिता थियो ।

कार्यक्रममा मनीषा सिस्काले स्वागत र उज्ज्वल घिमिरेले सहजीकरण गरेका थिए ।

आज उद्घाटनमा मैत्रीपुर्ण खेल भएको थियो । एसआर ग्लालेक्सी र लिटिल एन्जल स्कूलका छात्रबीचको खेलमा लिटल एन्जल्स विजयी भएको प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तवले बताए । प्रतियोगितामा छात्रातर्फ २१ वटा र छात्रतर्फ २० वटा विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्