कर्जनिया र सिंघाई खोलामा अवैध उत्खनन

बलिराम शुक्ला, बिरुवागुठी, ३ फागुन/ पर्सागढी नगरपालिका अन्तर्गत पर्ने कर्जनिया र सिंघाई खोलाको ठेक्का नलाग्दा त्यहाँबाट नदीजन्य पदार्थको अवैध उत्खनन जारी छ । खोलाको ठेक्का नलागेको अवस्थामा कर्जनिया र सिंघाई खोलाबाट दिनदहाडै नदीजन्य पदार्थको चोरी तस्करीमा वृद्धि भएको छ भने सम्बन्धित निकायहरू मौन देखिएका छन् । पर्सागढी नगरपालिकाले कर्जनिया खोलाको दुईपटकसम्म ठेक्का बोलपत्र आह्वानको सूचना […]

वनकर्मीहरूलाई वनसम्बन्धी तालीम

प्रस, परवानीपुर, ३ फागुन/ डिभिजन वन कार्यालय, पर्साका अधिकृत, रेन्जर, फरेस्टर, जमदार र वनरक्षकहरूलाई वन सम्बन्धित दुई दिने तालीम शनिवार सम्पन्न भएको छ । हिजोबाट शुरू भएको दुई दिने तालीममा अधिकृत, रेन्जर, फरेस्टर, जमदार र वनरक्षकहरूलाई मधेस प्रदेशका वन निर्देशक जगन्नाथप्रसाद जयसवाल, जिल्ला सहायक न्यायाधिवक्ता आनन्दप्रसाद न्यौपाने र डिभिजन वन कार्यालय, पर्साका प्रमुख वन अधिकृत […]

प्रेस चौतारी नेपाल बाराको छैटौं जिल्ला अधिवेशन, अध्यक्षमा सापकोटासहित सबै सर्वसम्मत निर्वाचित

प्रस, परवानीपुर, ३ फागुन/ प्रेस चौतारी नेपाल बाराको शनिवार निजगढ नगरपालिकामा छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले अधिवेशन उद्घाटन गरेका थिए । जिल्ला अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पूर्वमन्त्री ज्वाला साह, एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रमेश सुवेदी, चौतारीका […]

एमनेस्टीको हस्ताक्षर अभियान समापन

प्रस, वीरगंज, ३ फागुन/ एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजले शनिवार राइट फर राइट कार्यक्रम अन्तर्गत एक महीनादेखि सञ्चालित हस्ताक्षर अभियानको समापन गरेको छ । मानव अधिकार परिवेक्षक रजनीश झाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार युवराज खड्का, अभिलाष गुप्ता, एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजका पूर्वसंयोजक राजेश बोथरा, सुरेश पारिक, मन्नु यादव, सुनील महतोलगायतको सहभागिता थियो । सरकारद्वारा विश्वव्यापी छवटा […]

कलैयाका मण्डल हत्याकाण्डमा संलग्न सातजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने

प्रस, वीरगंज, ३ फागुन/ कलैया उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको नवजन्म पुनस्र्थापना केन्द्रमा कुटपिटबाट मृत्यु भएको विषयमा जिल्ला प्रहरी कार्यालय, बाराले सातजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ । मृतकका परिवारजनले दिएको जाहेरीको आधारमा प्रहरीले शङ्कास्पद अवस्थामा पक्राउ परेका नौजनामध्ये सातजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने भएको हो । कलैया–१ बैंकरोडस्थित केन्द्रमा रहेका मानिसहरूसँग मण्डलको […]

नेताहरूलाई नेतृत्व विकास तालीम

प्रस, वीरगंज, ३ फागुन/ नेपाल जनता पार्टी पर्सा जिल्ला समितिद्वारा शनिवार वीरगंज पब्लिक कलेजमा एक दिने व्यक्तित्व तथा नेतृत्व विकास तालीम सम्पन्न भएको छ । सो पार्टीका विभिन्न तहमा रहेका नेता तथा सक्रिय कार्यकर्ताहरूलाई मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, नेपाल क्रिकेट सङ्घका राष्ट्रिय एम्पायर एवं बिपिसीका प्राध्यापक वासु कर्णले प्रशिक्षण दिएका थिए । नेपाल […]

दुई महिलासहित २८ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, ३ फागुन/ न्यू टाइगर क्लब गहवाको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित २८ जनाले रक्तदान गरेका छन् । न्यू टाइगर क्लबका अध्यक्ष रवि गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा रूपा अग्रवाल, सुनीताकुमारी गुप्ता, डा मुकेश नारायण, श्यामबाबू साह, दीपक पण्डित, त्रिलोकी कुमार, उमेश माली, मुकेश गुप्ता, श्यामप्रसाद गुप्तालगायतले रक्तदान गरेका थिए ।

पोखरीको रकम ठेकेदारसँगको मिलेमतोमा हिनामिना

प्रस, रौतहट, ३ फागुन/ श्री माध्यमिक विद्यालय पथराको अधीनमा रहेको पोखरीको रकम हिनामिना भएको आरोप लगाउँदै स्थानीयले जिल्ला प्रशासन कार्यालय, रौतहटमा उजूरी दिएका छन् । रौतहट जिल्ला राजदेवी नपा–१ स्थित श्री माध्यमिक विद्यालय पथराको आम्दानीको मुख्य स्रोत रहेका तीनवटा पोखरीको गरुडा नपा–८ बस्ने ठगा सहनीले २०७३ सालमा पाँच वर्षको लागि रु १६ लाखमा ठेक्का सकार […]

कुम्हालटोलमा निश्शुल्क भोजन

प्रस, वीरगंज, ३ फागुन/ कुम्हालटोल टोल सुधार समिति वीरगंजको आयोजनामा शनिवार रेलवे रोडस्थित पञ्चमुखी हनुमान मन्दिर अगाडि निश्शुल्क भोजन शिविर सम्पन्न भएको छ । मासिकरूपमा पहिलो शनिवार गरीब, असहाय, विपन्नहरूलाई लक्षित गरेर निश्शुल्क भोजन गराउँदै आएको समाजका अध्यक्ष नन्दलाल अहिरले बताए । विगत छ महीनादेखि निश्शुल्क भोजन कार्यक्रम आयोजना गर्दै आएको र आजको कार्यक्रममा उपाध्यक्ष […]

बन्दरगाह भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा सुधार

पर्सा, ३ फागुन/रासस देशकै पहिलो रेल सुविधासम्पन्न वीरगंजको श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो महीनामा लक्ष्यको ७९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयले माघमा लक्ष्यको ९३ प्रतिशत सङ्कलन गर्न सफल भएको छ । कोरोना महामारी र सोपछि आएको वैश्विक आर्थिक मन्दीका कारण उद्योग व्यापारमा देखिएको सङ्कुचनले गर्दा […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्