शनिवारदेखि पुरुष तथा महिला यू–१२ क्रिकेट

नितेश कर्ण, वीरगंज, २ फागुन/
प्याब्सन पर्साको आयोजनामा माघ ३ गते शनिवारदेखि वीरगंजमा शनिवारदेखि पुरुष तथा महिला यू–१२ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले शुक्रवार पत्रकार सम्मेलन गर्दै भोलिदेखि पुरुष तथा महिला यू–१२ क्रिकेट प्रतियोगिता हुने बताए ।

उनले प्रतियोगिता ज्ञानदा एकेडेमीको मैदानमा हुने बताउँदै पुरुष तथा महिला यू–१२ क्रिकेट प्रतियोगिता अन्तर्गत १० ओभरको खेल हुने बताए । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ २१ विद्यालय सहभागी भएको जानकारी गराए ।

पत्रकार सम्मेलनमा प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान, वीरगंज महानगरका पूर्वअध्यक्ष आलोक चौरसियालगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्