प्रस, वीरगंज, २ फागुन/
जिल्ला प्रहरी कार्यालय, बाराले दुई दिनमा पाँचजना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेका छन् ।
बारा प्रहरीले फागुन १ गते कलैया उपमहानगरपालिका–६ बस्ने आनन्द तिवारी, अशोक गुप्ता तथा शुक्रवार प्रसौनी गापा–२ का वीरेन्द्र गुप्ता, शिवशङ्कर पटेल, कलैया उमनपा–४ का दीपक सहनीलाई चोरी, चेक अनादर मुद्दामा बारा जिल्ला अदालतबाट दण्ड सजाय भएपछि फरार रहेको सूचीका आधारमा पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ ।