प्रस, वीरगंज, १ फागुन/
गौतम माविको ४८औं वार्षिकोत्सव बिहीवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विद्यालयको खेलमैदानमा आज शिशु कक्षादेखि दुई कक्षासम्मका करीब आठ सय विद्यार्थीको सहभागिता ५० मिटर दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा हवि प्रिसव प्रथम, सौरभ यादव द्वितीय र रोहित गुप्ता तृतीय भएका थिए ।
अङ्गुर दौड प्रतियोगितामा आदित्य रौनियार प्रथम, पियुष पटेल द्वितीय र अभय सिंह तृतीय भए । जुँगा दौडमा बृजमोहन झा प्रथम, निखिल पटेल द्वितीय र नितिक सिंह तृतीय भएका थिए ।
कार्यक्रममा वडाध्यक्ष हीरा गिरी, प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, विद्यालयका निर्देशक सोनम लामालगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन सौरभ प्रधानले गरेका थिए ।