बेपत्ता तीनजना किशोरीको उद्धार

प्रस, वीरगंज, १ फागुन/
बारा जिल्ला कलैया उपमहानगरपालिकाबाट ६ दिन अघि बेपत्ता भएका तीनजना किशोरीलाई बारा प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

कलैया उपमहानगरपालिका–१ बाट १०–१४ वर्षका तीनजना किशोरी माघ २४ गतेदेखि हराएका थिए । बारा प्रहरीमा सो बारेमा सूचना प्राप्त भएपछि उनीहरूको खोजतलाश शुरू भएको थियो । तीनैजना किशोरीको वीरगंज महानगरपालिकाबाट माघ ३० गते राति उद्धार गरिएको बारा प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तीनजना किशोरी वीरगंजस्थित भाटभटेनी हेर्न आएका र त्यसपछि घर फर्केका थिएनन् । उनीहरू बेपत्ता भएको घरपरिवारबाट सूचना प्राप्त भएपछि बारा प्रहरीले खोजी कार्य शुरू गरेको र वीरगंज महानगरपालिका–११ बाट गएराति उनीहरूलाई उद्धार गरी परिवारको जिम्मा लगाएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्