चुुरे तथा वनजङ्गल संरक्षण अभियान गठन

प्रस, निजगढ, १ फागुन/
चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको ११ सदस्यीय बारा जिल्ला समिति गठन भएको छ ।

दीपेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित समितिको उपसंयोजक अनीशा चौधरी र सदस्यहरूमा राजेशकुमार राम, राधे साह, सुरेन्द्र चौधरी, पप्पु गुप्ता, गगनदेव राम, रञ्जन यादव, श्याम यादव, करिश्मा चौधरी, गायत्रीकुुमारी राम सर्वसम्मत चयन भएका छन् । चुुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका केन्द्रीय अध्यक्ष सुनील यादवको प्रमुख आतिथ्यमा कलैयामा बुधवार भएको भेलाले समिति पुनर्गठन गरेको हो ।

भेलामा विनोद अधिकारी, अनिल वर्मा, भुलावनकुमार पासवान, उपेन्द्रकुमार यादवलगायत सहभागी थिए । अभियानले चुरे, खोलानालामा भइरहेको जथाभावी नदीजन्य पदार्थको उत्खनन, दोहनका साथै वनजङ्गल क्षेत्र जथाभावी कटान, अतिक्रमण, चोरी, तस्करीका कारण तराई–मधेसमा पानीको हाहाकार हुने गरेको, श्रीसिया नदीमा उद्योगहरूबाट निस्किएका रसायनयुक्त हानिकारक पदार्थ मिसाइएका कारण प्राकृतिक वातावरण, मानवलगायत अन्य प्राणी, जीवजन्तुहरूलाई असर परिरहेको जनाउँदै राष्ट्रियस्तरको विरोध कार्यक्रमहरू
सात वर्षदेखि निरन्तर चलाउँदै आएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्