घरमैं भोजन गरी सङ्कल्प दिवस मनाइयो

प्रस, वीरगंज, १ फागुन/
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, पर्साले बिहीवार सङ्कल्प दिवस मनाएको छ । पार्टीसँग आबद्ध नेता कार्यकर्ताहरूले आज घरमा भोजन गरी दिवस मनाएका हुन । माघ १ देखि फागुन १ गतेसम्म सङ्कल्प दिवस मनाइएको र आज मूल दिन सबै नेता–कार्यकर्ताहरूले घरमा भोजन गरी पाहुनाहरूको सत्कार गरेर दिवसको समापन गरिएको पार्टीका जिल्ला अध्यक्ष धनबहादुर श्रेष्ठले बताए । उनले मासिकरूपमा दिवस मनाउने क्रममा विद्यालयहरूमा अन्तक्र्रिया, भोजनलगायतका कार्यक्रमहरू आयोजना गरिएको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्