अहिले विश्वभरि ठूलो सङ्ख्यामा स्थानान्तरण भइरहेको छ । अभूतपूर्व किसिमले स्थानीय तथा अन्तर्राष्ट्रिय स्थानान्तरण भइरहेको छ । खासगरी दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एशियाका विभिन्न देशका नागरिकहरू ठूलो सङ्ख्यामा आप्mनो मुलुक छाडेर आर्थिक लाभका लागि अन्य विभिन्न राष्ट्रमा पुगिरहेका छन् । सामान्य होइन, उच्च जोखिम लिएर अनेक देशमा पुगिरहेका छन् । अल्प वा दीर्घकालका लागि विदेश बस्ने सुरमा राष्ट्रिय सिमाना काटिरहेका छन् । बाध्यताले होइन, स्वेच्छाले केवल सुविधायुक्त जीवनका लागि परिवार, समाज र देश परित्याग गरिरहेका छन् ।
यस लेखमा भने अन्तर्राष्ट्रिय स्थानान्तरणबारे चर्चा गरिने छ । अन्तर्राष्ट्रिय स्थानान्तरणले पार्ने आर्थिक प्रभावबारे चर्चा गरिने छ ।
अहिले पनि ठूलो सङ्ख्यामा मानिस यो विश्वास गर्छन् कि स्थानान्तरण गर्ने व्यक्ति एवं उक्त व्यक्तिको राष्ट्र आर्थिक रूपमा बढी फाइदामा हुन्छ । यो विश्वास सत्य होइन । स्थानान्तरण गर्ने व्यक्तिले लघुकालमा आर्थिक फाइदा प्राप्त गरे तापनि दीर्घकालमा सोचेजति आर्थिक लाभ प्राप्त गर्दैन । स्थानान्तरण गर्ने व्यक्तिको राष्ट्रले त कुनै पनि किसिमले आर्थिक लाभ प्राप्त गर्दैन । उल्टो ठूलो आर्थिक क्षति बेहोर्छ ।
जुन देशमा बढी व्यक्ति अनेक देशहरूबाट स्थानान्तरण भएर आउँछन् त्यो देशले यथार्थमा, बढी आर्थिक लाभ प्राप्त गर्दछ । यो तथ्य अमेरिका र युरोपका राष्ट्रहरूमा बढी लागू हुन्छ । अमेरिकाको आर्थिक विकासमा यस देशमा विश्वका अनेक राष्ट्रहरूबाट स्थानान्तरण गरेर आउने व्यक्तिहरूको विशेष योगदान रहेको छ । अमेरिकालाई ‘आप्रवासीहरूको देश’ पनि भन्ने गरिन्छ ।
जुन देशबाट ठूलो सङ्ख्यामा व्यक्तिहरू स्थानान्तरण भएर कामका लागि जान्छन् त्यो देशले भने ठूलो आर्थिक क्षति बेहोर्नुपर्छ । विदेश गएकाहरूले आप्mनो देशमा ठूलो परिमाणमा रेमिट्यान्स पठाउने गर्छन् । देशको आर्थिक विकासमा त्यो रेमिट्यान्सले महŒवपूर्ण भूमिका निर्वाह गर्दछ । यस्तो विश्वास गर्नेहरू पनि छन् । तर यो यथार्थमा त्यो विश्वास सही होइन । रेमिट्यान्सले, रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रलाई अल्पकालमा लाभ पु¥याउँछ तर दीर्घकालमा ठूलो आर्थिक क्षति पु¥याउँछ । ठूलो परिमाणमा रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रको अर्थ व्यवस्था कालान्तरमा रेमिट्यान्समा आश्रित हुन पुग्छ र त्यस देशमा कृषि र औद्योगिक विकासको गति अति सुस्त हुन पुग्छ । रेमिट्यान्स बढी प्राप्त गर्ने देशले निर्यात कम र आयात बढी गर्न थाल्छ । रेमिट्यान्समा आश्रित राष्ट्रको स्थिति– ‘एउटा देशबाट कमाएर ल्याएको पैसा अर्को राष्ट्रमा खर्च ग¥यो’, हुन पुग्दछ।
नेपालमा अहिले यही भइरहेको छ । नेपालको अर्थ व्यवस्था अहिले रेमिट्यान्समा आश्रित हुन पुगेको छ । विदेशबाट कमाएर ल्याएको पैसा हामी विकासमा होइन, दैनिक उपभोगका वस्तु खरीद गर्न खर्च गरिरहेका छौं र ती दैनिक उपभोगका वस्तुहरू भारत एवं चीनबाट ठूलो सङ्ख्या एवं परिमाणमा आयात गरिरहेका छौं । हामीले विदेशबाट आर्जन गरेर ल्याएको पैसा भारत र चीनका अनेक बजारमा पुगिरहेका छन् तर नेपालको आर्थिक विकासमा प्रयोग हुन सकिरहेको छैन । नेपालीले विदेशमा कमाएको पैसाले भारत र चीनको आर्थिक विकासमा महŒवपूर्ण योगदान पु¥याइरहेको छ । खासगरी भारतका बजारहरूलाई गुलजार बनाइरहेको छ ।
सन् २०२४ मा ठूलो परमाणमा रेमिट्यान्स पाउने राष्ट्रहरूको सूची यस प्रकार रहेको थियो– १. भारत २. मेक्सिको ३. चीन, ४. फिलिपिन्स, ५. पाकिस्तान, ६. बङ्गलादेश, ७. इजिप्ट, ८. ग्वाटेमाला, ९. नाइजेरिया, १०. उज्बेकिस्तान, ११. इन्डोनेशिया, १२. भिएतनाम, १३. युक्रेन, १४. मोरक्को १५. कोलम्बिया, १६. नेपाल, १७. डोमिनिकन रिपब्लिक, १८. थाइल्यान्ड, १९. होन्डुरस र २०. एल सल्भाडोर ।
सन् २०२४ मा आप्mनो देशको कुल गार्हस्थ्य उत्पादनको तुलनामा सर्वाधिक रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रहरूको सूची यस प्रकार थियो– १. ताजकिस्तान, २. टोंगा, ३. निकारागुवा, ४. लेबेनान, ५. समोआ, ६. नेपाल, ७. होन्डुरस, ८. किर्गिज गणतन्त्र, ९. एल सल्भाडोर, १०. गाम्बिया, ११. लेसेथो, १२. गाजा (पश्चिमी किनार) १३. क्यामरोस, १४. ग्वाटेमाला, १५. हाइटी, १६. जमैका, १७. कोसोभो, १८. उज्बेकिस्तान, १९. लाइबेरिया र २० जर्जिया ।
रेमिट्यान्स ठूलो परिमाणमा प्राप्त गर्ने राष्ट्रहरू गरीब रहेको माथिको जानकारीबाट पुष्टि हुन्छ । चीन, भारत, मेक्सिकोजस्ता ठूला अर्थ व्यवस्था भएका राष्ट्रहरू पनि बढी रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रहरूको सूचीमा छन् तर अर्थ व्यवस्थाको दृष्टिकोणले चीन, भारत र मेक्सिको ठूलो देखिए तापनि यी देशहरूमा गरीबहरूको ठूलो सङ्ख्या छ । भारतको गरीबी त झनै डरलाग्दो छ । भारतमा ९ करोड ३० लाख व्यक्तिहरू अहिले पनि झोपडपट्टीमा बस्छन् । उनीहरूसँग निजी स्वामित्व तथा व्यवस्थित घर छैन ।
भारतीय र मेक्सिकनहरूले त संसारका विभिन्न देशहरूलाई स्थानान्तरण गरेर धनी हुन सघाउ पु¥याएका छन् । संयुक्त अधिराज्यलगायत युरोपका अनेक देशमा भारतीय आप्रवासीहरूको बसोवास ठूलो सङ्ख्यामा छ । यसैगरी उत्तरी अमेरिकाका देशहरू– संयुक्त राज्य अमेरिका एवं क्यानाडामा भारतीय आप्रवासीहरूको बसोवास ठूलो सङ्ख्यामा छ । संयुक्त राज्य अमेरिकाको श्रम बजारमा मेक्सिकनहरूको उपस्थिति ठूलो सङ्ख्यामा छ । मेक्सिकनहरू संयुक्त राज्य अमेरिका आएर अमेरिकालाई श्रम आपूर्ति गर्न अति नै सजिलो भएको छ । अमेरिकाको निर्माण एवं मरम्मत क्षेत्रमा मेक्सिकन आप्रवासीहरूको उपस्थिति ठूलो सङ्ख्यामा रहेको छ।
ठूलो परिमाणमा रेमिट्यान्स प्राप्त गर्ने राष्ट्रहरूको सूचीमा युरोपका राष्ट्रहरूको नाम बिरलै देख्न पाइन्छ । स्वीटजरल्यान्ड, नर्वे, फिनल्यान्ड, स्वीडेन जस्ता युरोपेली राष्ट्रहरूले ठूलो परिमाणमा रेमिट्यान्स प्राप्त गरेको सुनिएको छ ? युरोपका धेरै राष्ट्रले आप्mना नागरिकको श्रम स्वदेशमैं उपयोग गर्ने गरेकाले त्यहाँका नागरिक रोजगारका लागि संसारका अनेक देश पुग्नुपर्ने बाध्यता छैन । युरोपका धेरै देश, आप्mना नागरिकको महŒवपूर्ण श्रम स्वदेशमैं उपयोग गरेर, धनी भएका छन् ।
त्यस्ता देशहरूका लागि रेमिट्यान्स झनै घातक हुन्छ, जसले रेमिट्यान्सको प्रयोग केवल विदेशबाट दैनिक उपभोग्य वस्तुहरू खरीद गर्न प्रयोग गर्छन् । विकास एवं निर्माणमा गर्दैनन् । जस्तै नेपाल । नेपालमा रेमिट्यान्सको प्रयोग केवल दैनिक उपभोग्य वस्तुहरू विदेशबाट खरीद गर्नमा भइरहेको छ ।
अन्तर्राष्ट्रिय स्थानान्तरणले श्रमिक गुमाउने राष्ट्रलाई आर्थिकरूपमा बढी क्षति हुन्छ । अर्थात् जुन देशबाट ठूलो सङ्ख्यामा व्यक्तिहरू रोजगारका लागि विश्वका अनेक राष्ट्रमा पुग्छन् त्यस राष्ट्रले दीर्घकालमा ठूलो आर्थिक क्षति बेहोर्नुपर्छ । हामीले यो कुरा राम्ररी बुझ्न आवश्यक छ ।
अन्तर्राष्ट्रिय स्थानान्तरणले श्रमिक गुमाउने राष्ट्रलाई आर्थिकरूपमा बढी क्षति हुन्छ । यो तथ्य विश्वभरि लागू हुन्छ । यो तथ्यलाई राम्ररी मनन गरेर नेपालबाट भइरहेको ठूलो सङ्ख्याको ‘श्रम पलायन’ रोक्न राजनीतिक दल, सरकार एवं सम्बन्धित पक्षहरूले अनेक किसिमका योजना तथा कार्यक्रमहरू निर्माण गर्न आवश्यक छ । यस विषयमा गम्भीरतापूर्व सोच्न आवश्यक छ ।