नारायणी अस्पतालका ३४ जना चिकित्सक काजमा, अस्पतालको सेवा प्रभावित, सहायकबाट काम चलाइँदै

प्रस, परवानीपुर, १ फागुन/ नारायणी अस्पताल वीरगंजका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य मन्त्रालयले काज फिर्ता गर्न आनाकानी गर्दै आएको छ । नारायणी अस्पतालमा विभिन्न दरबन्दीमा नियुक्त चिकित्सक एवं स्वास्थ्यकर्मीहरू अस्पतालबाट काज लिएर विभिन्न अस्पतालहरूमा काम गर्दै आइरहेका छन् । अस्पताल प्रशासनले जनाए अनुसार १६ जना चिकित्सक, प्राविधिक, मेडिकल अधिकृत, नर्सिङ, स्टाफ नर्स, ग्यास्ट्रोलोजिस्ट, नेर्फाेलोजिस्ट, रेडियोलोजिस्ट, पिड्रियाट्रिशियन, […]

ड्याम भत्किंदा बस्ती, खेत र रङ्गशाला जोखिममा

प्रस, निजगढ, १ फागुन/ पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढस्थित बकैया पुलको पक्की ड्याम भत्किएकोमा निजगढ नगरपालिकाले मर्मतसम्भारमा ध्यान दिएको छैन । वर्षामा बाढीले ड्याम कटान गरेपछि वडा नं ९ स्थित बकैयाटोल, क्रसर उद्योग रहेको स्थान, शहीद हीरालाल रङ्गशाला क्षेत्र समस्याग्रस्त देखिएको छ । गत वर्षायाममा बाढीले कटान गरी आर्यघाटमा क्षति पु¥याउन थालेपछि निजगढ नगरपालिकाले विपद् व्यवस्थापनको […]

सिम्रौनगढमा कुरा मिल्यो, ताला खुल्यो

प्रस, सिम्रौनगढ, १ फागुन/ सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहरले बुधवार नगरपालिका कार्यालयमा लगाएको तालाबन्दी बिहीवार खोलेकी छन् । उनले नगरसभा सम्पन्न गर्दा भएको सहमतिविपरीत नगरप्रमुखले आफ्नो भागमा परेका विकास निर्माण कार्यहरूको कार्यादेश दिन प्रमुख प्रशासकीय अधिकृतलाई रोक लगाएको भन्दै हिजो नगरपालिका कार्यालयको मूलगेटमा तालाबन्दी गरेकी थिइन् । तालाबन्दीबारेमा हिजो नगरप्रमुख किशोरीप्रसाद कलवार र प्रमुख प्रशासकीय […]

वीरगंजको मेनरोड मुद्दामा फागुन २८ गते सुनवाइ

प्रस, वीरगंज, १ माघ/ वीरगंजको मुख्य सडकको दायाँबायाँ २५–२५ मिटर क्षेत्रको अतिक्रमण हटाउन सडक विभागले पहल गर्दा सोविरुद्धको सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा अहिलेसम्म सुनवाइ हुन सकेको छैन र पेसी सर्दै यही फागुन २८ गते पेसी राखिएको छ । फागुन २९ गते फागु पूर्णिमा परेकोले यसपटक पनि यस मुद्दाको सुनवाइ हुनेमा शङ्का छ । विगत पाँच […]

जनयुद्ध दिवसमा दीप प्रज्वलन

नरेश यादव, पर्सागढी, १ फागुन/ मधेसी राष्ट्रिय मुक्ति मोर्चा पर्सा जिल्ला कार्यसमितिको आयोजना तथा सहकारी केन्द्र नेपाल पर्साको सहकार्यमा सखुवाप्रसौनी गाउँपालिका–२ श्रीपुर पंचगावाँमा ३०औं जनयुद्ध दिवसको उपलक्ष्यमा बिहीवार दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी, पर्साका नेता शिवकुमार साहले आजको दिनदेखि माओवादी जनयुद्ध शुरू भएको स्मरण गर्दै महान् जनयुद्धमा माओवादीहरूले […]

गौतम माविको ४८औं वार्षिकोत्सव

प्रस, वीरगंज, १ फागुन/ गौतम माविको ४८औं वार्षिकोत्सव बिहीवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालयको खेलमैदानमा आज शिशु कक्षादेखि दुई कक्षासम्मका करीब आठ सय विद्यार्थीको सहभागिता ५० मिटर दौड प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा हवि प्रिसव प्रथम, सौरभ यादव द्वितीय र रोहित गुप्ता तृतीय भएका थिए । अङ्गुर दौड प्रतियोगितामा आदित्य रौनियार प्रथम, पियुष […]

बेपत्ता तीनजना किशोरीको उद्धार

प्रस, वीरगंज, १ फागुन/ बारा जिल्ला कलैया उपमहानगरपालिकाबाट ६ दिन अघि बेपत्ता भएका तीनजना किशोरीलाई बारा प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको छ । कलैया उपमहानगरपालिका–१ बाट १०–१४ वर्षका तीनजना किशोरी माघ २४ गतेदेखि हराएका थिए । बारा प्रहरीमा सो बारेमा सूचना प्राप्त भएपछि उनीहरूको खोजतलाश शुरू भएको थियो । तीनैजना किशोरीको वीरगंज महानगरपालिकाबाट माघ […]

गुरु रविदासको जन्मजयन्ती

प्रस, पर्सागढी, १ फागुन/ सन्त शिरोमणि गुरु रविदासको ६४८औं जन्मजयन्ती बुधवार सखुवाप्रसौनी गाउँपालिकामा कार्यक्रम आयोजना गरी मनाइएको छ । सखुवाप्रसौनी गापा–२ प्रसौनीमा आयोजित कार्यक्रमको नेकपा माओवादी केन्द्र पर्साका नेता शिवकुमार साह तेलीले उद्घाटन गरेका थिए । उनले गुरु रविदासजीका अमूल्य उपदेशहरूले समानता, प्रेम, भाइचारा तथा सत्मार्गमा अघि बढ्न प्रेरित गर्ने बताए । उनले गुरु रविदासका […]

चौथो परवानीपुर गोल्डकपः महोत्तरी फाइनलमा

प्रस, परवानीपुर, १ फागुन/ त्रिशक्ति सिमेन्ट चौथो परवानीपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा बेंगखाडी क्लब, महोत्तरी विजयी भएर फाइनलमा पुगेको छ । परवानीपुर युथ क्लबको आयोजनामा परवानीपुर खेलमैदानमा जारी प्रतियोगिताको आज अन्तिम सेमिफाइनल खेलमा बेंगखाडी क्लबले नवजनजागृति युवा क्लब, सिमरालाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै […]

चुुरे तथा वनजङ्गल संरक्षण अभियान गठन

प्रस, निजगढ, १ फागुन/ चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको ११ सदस्यीय बारा जिल्ला समिति गठन भएको छ । दीपेन्द्रप्रसाद यादवको संयोजकत्वमा गठित समितिको उपसंयोजक अनीशा चौधरी र सदस्यहरूमा राजेशकुमार राम, राधे साह, सुरेन्द्र चौधरी, पप्पु गुप्ता, गगनदेव राम, रञ्जन यादव, श्याम यादव, करिश्मा चौधरी, गायत्रीकुुमारी राम सर्वसम्मत चयन भएका छन् । चुुरे तथा वनजङ्गल […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्