बढी गुलियो खाने बानी छ ?

यदि तपाईंलाई बारम्बार गुलियो खान मन लाग्छ भने यो केवल खाने बानी हो भनेर बेवास्ता नगर्नुहोस् । नयाँ अनुसन्धानले धेरै गुलियो खाने इच्छा मानसिक स्वास्थ्य विशेषगरी डिप्रेसन र चिन्तासँग सम्बन्धित हुन सक्ने खुलासा गरेको छ । जर्मनीको युनिभर्सिटी हस्पिटल, बोन युनिभर्सिटी अफ बोन र युनिभर्सिटी हस्पिटल टुबिङ्गेनका अनुसन्धानकर्ताहरूले डिप्रेसनका बिरामीहरूलाई कम भोक लाग्ने तर कार्बाेहाइड्रेट अर्थात् गुलियो खानेकुराहरूप्रति बढी आकर्षित हुने पत्ता लगाएका छन् ।

अहिलेसम्म भोक बढेको कारणले बढी कार्बाेहाइड्रेट खाने इच्छा हुन्छ भन्ने विश्वास गरिन्थ्यो, तर यो अध्ययनले यो विश्वासलाई गलत साबित गरेको छ । अनुसन्धानकर्ताहरूले गुलियो खानाको चाहना डिप्रेसन र विशेषगरी चिन्ताको स्तरसँग जोडिएको बताएका छन् ।

डिप्रेसन र खाने बानीबीचको सम्बन्धः अनुसन्धानकर्ताहरूका अनुसार डिप्रेसनबाट पीडित व्यक्तिहरूले आफ्नो मूड सुधार्न मिठाइ खान्छन् । डिप्रेसनमा मानिसहरू सामान्यतया या त कम वा बढी खान्छन् । यस्तो अवस्थामा कार्बाेहाइड्रेट र गुलियो पदार्थ उनीहरूको मानसिक सन्तुलन कायम राख्ने माध्यम बन्छ ।

क्लिनिकल पोषणविद् डा तेजस लिमयेका अनुसार डिप्रेसनबाट पीडित व्यक्तिहरू खानालाई भावनात्मक सहयोगको रूपमा लिन्छन् । तर यो खतरनाक बानी बन्न सक्छ । यस्ता व्यक्तिहरूले प्रशोधित मीठो खानेकुरा होइन प्राकृतिक गुलियो पदार्थ (जस्तै फलफूल र सुक्खा फलफूल) सेवन गर्नुपर्छ ।

कार्बाेहाइड्रेटले डिप्रेसनका लक्षणहरू कसरी बढाउँछ ? चिनीले मस्तिष्कको रिवार्ड प्रणालीलाई सक्रिय बनाउँछ, जसले हामीलाई छोटो समयको लागि राम्रो महसूस गराउँछ । तर धेरै गुलियो खानाले रगतमा चिनीको मात्रामा असन्तुलन ल्याउन सक्छ, जसले मानसिक स्वास्थ्यलाई अझ बिगार्न सक्छ । यसले शरीरमा ट्रिप्टोफान नामक तŒव बढाउँछ, जसले सेरोटोनिन र मेलाटोनिन हर्माेन निष्कासन गर्छ, जसले मूड र निद्रालाई नियन्त्रण गर्छ ।

डिप्रेसन भएका व्यक्तिहरूले के खानुपर्छः प्रोटिनयुक्त खानेकुराहरू जस्तै अन्डा, मासु, टोफु, दुग्धजन्य पदार्थहरू, प्रोबायोटिक्स खानेकुराहरू दही र किण्वित खानाहरू, जसले पेटको स्वास्थ्य सुधार गर्छ । प्राकृतिक गुलियो खानाहरू फलफूल, गुड र सुक्खा फलफूल, सन्तुलित आहारहरू तरकारी, सम्पूर्ण अन्न र स्वस्थ बोसो आदि सेवन गर्नुपर्छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्