भ्यालेन्टाइन संस्करणको पराठा

भ्यालेन्टाइन डे प्रेम व्यक्त गर्ने विशेष दिन हो र सबैजना यसलाई आआफ्नै तरीकाले विशेष बनाउँछन् । कतिपयले जीवनसाथीलाई महँगो उपहार दिएर आश्चर्यचकित पार्छन् भने कतिपयले खाना खुवाएर प्रेम व्यक्त गर्छन् । हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा एक महिलाले पतिको लागि विशेष भ्यालेन्टाइन संस्करण पराठा बनाएकी छन् ।

भिडियोमा एकजना महिलाले पतिको लागि मुटु आकारको पराठा बनाएर प्लेटमा सुन्दर ढंगले सजाएर पस्केकी छन् । थाल देख्ने बित्तिकै पतिको मुस्कान हेर्नलायक थियो । भिडियो सामाजिक सञ्जालमा शेयर हुने बित्तिकै भाइरल भएको छ । यो साधारण प्रेमलाई धेरैले मन पराएका छन् र रमाइलो टिप्पणी पनि गरिरहेका छन् । एकजनाले लेखे, “महँगो उपहारको कुनै आवश्यकता छैन, यस्ता साना क्षणहरूमा प्रेम लुकेको हुन्छ ।” अर्का प्रयोगकर्ताले लेखेका छन्– प्रेमले तयार पारिएको खाना कुनै पनि उपहारभन्दा बढी मूल्यवान् हुन्छ । त्यस्तै कसैले ठट्टा गर्दै लेखेका छन्– भाइ, तिमी धेरै भाग्यमानी छौ । हामीले आफैं खाना पकाउनुपर्छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्