त्रिभुवन माविको विव्यस गठन

प्रस, वीरगंज, २६ माघ/
त्रिभुवन विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोपाल केडिया दोस्रो कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रवार भएको अभिभावक भेलाले केडियाको अध्यक्षतामा समिति गठन गरेको हो । समिति सदस्यहरूमा प्रभादेवी मेस्तर, सुनीतादेवी पण्डित, दीपक चौरसिया, रञ्जित ठाकुर, अन्नु कुमारीलगायत रहेको शिक्षक निरञ्जन सिंहले बताए । वीरगंज महानगर शैक्षिक प्रशासन महासङ्घका प्रतिनिधि राजीव गिरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्