रामेश्वर मेहता, सिम्रौनगढ, २१ माघ/
सिम्रौनगढ नगरपालिकामा सोमवार वसन्तपञ्चमीको दिन सरस्वतीपूजा धूमधामका साथै पारम्परिक रीतिरिवाजका साथ मनाइएको छ ।

वसन्तपञ्चमीको दिन आज बिहानैदेखि घर, आ“गन लिपपोत गरी सरसफाइ गरिएको थियो । यहा“का मानिसहरूले धार्मिक परम्परा अनुसार घरका देवीदेवताहरूको पूजाआजा गर्दै होली प्रारम्भ भएको सड्ढेत गरेका थिए ।

उनीहरूले देवीदेवतालाई अबिर चढाएर होली प्रारम्भ भएको सूचना गरेका थिए । यसका साथै सिम्रौनगढ र आसपासका गाउ“हरूमा होली शुरू भएको सड्ढेतस्वरूप होलीका गीतहरू गाइएका थिए । सिम्रौनगढ र आसपासका क्षेत्रमा आज घर, आ“गन सफासुग्घर गर्ने, देवीदेवताको पूजा गर्ने र होलीका गीतहरू गाउनुका साथै मीठामीठा परिकार पकाएर खाने परम्परा पनि निर्वाह गरिएको थियो ।

यसैगरी, वसन्तपञ्चमीका दिन यहा“का मानिसहरू घरमा रहेका चुलेसी, चक्कु, ह“सिया, खुर्पा, कोदालो, खन्ती, दाबलगायतका हतियारहरूमा सान लगाउने गर्छन् । सिम्रौनगढवासीले भने स्थानीय शर्मा भन्ने लोहारकहा“ यस्ता हतियारहरूमा धार लगाएर तिर्खाने गर्छन् । यसैगरी, किसानहरूले पनि वसन्तपञ्चमीका दिन हलोगोरु लिएर खाली, पर्ती जग्गाहरूका साथै चौराहामा गएर पा“चमाड हलो चलाएका थिए ।

किसानहरूले यो कार्य गरेर परम्परा निर्वाह गरेका हुन् । कतिपय किसानहरूले चौराहामा १० हल पनि चलाउ“छन् । आजको दिन सिम्रौनगढ क्षेत्रमा महिला तथा किसानहरूले यस प्रकारको परम्परा निर्वाह गर्दै आएका छन् । अहिलेसम्म यहा“ यस परम्पराले निरन्तरता पाउ“दै आएको छ । आफ्नो धर्म–संस्कृतिलाई जीवन्त राखेको खण्डमा त्यसलाई भावी सन्ततिहरूले पनि अ·ीकार गर्ने उनीहरूको तर्क थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here