चीसोमा माछाको माग बढ्दो, मलहाहरूलाई भ्याइनभ्याइ

नरेश यादव, पर्सागढी, १० माघ/ चीसो शुरू भएदेखि पर्सा जिल्लामा माछाको माग बढेको छ । चीसो मौसममा माछाको माग बढेसँगै मूल्य पनि बढ्ने गरेको छ । गर्मीमा भन्दा जाडोमा माछाको मूल्य बढ्ने गरेकोले माछापालक किसानहरू जाडोयाम शुरू भएपछि खुशी हुने गर्छन् । यद्यपि गर्मीको तुलनामा जाडोमा माछाको उत्पादन कम हुने गर्छ तर मूल्य भने करीब […]

विश्रामपुरमा महाशिवरात्रि महायज्ञको तयारी

प्रस, परवानीपुर, १० माघ/ बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा १२ वर्षपछि लाग्न गइरहेको श्रीश्री १०८ श्री महाशिवरात्रि महायज्ञको तयारी जोडसोडले भइरहेको छ । महायज्ञ तयारी समितिका अध्यक्ष शङ्करप्रसाद यादवले १२ वर्षपछि इटियाहीमा महायज्ञ हुन गइरहेको र अहिले ८० प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनले माघ २३ देखि फागुन १५ गतेसम्म सञ्चालन हुने महायज्ञमा विभिन्न […]

भूमिसम्बन्धी समस्या स्थायीरूपमा समाधान गर्ने –अहमद

प्रस, वीरगंज, १० माघ/ भूमि समस्या समाधान आयोग, पर्साको अध्यक्षको पदभार तबरेज अहमदले सम्हालेका छन् । पर्सा जिल्ला समन्वय समितिको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष अहमदले यसभन्दा पहिलाको दुर्ई वर्षे कार्यकालमा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने क्रममा सरकार ढलेर आयोग पनि विघटन भएको बताए । उनले आफ्नो पहिलो कार्यकालमा […]

गाँजासहित नाबालक पक्राउ

सुग्रीव साह, भिस्वा, १० माघ/ भारतीय सीमावर्ती क्षेत्र सिक्टा थानाले दुईजना नेपाली नाबालकलाई गाँजासहित पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका निवासी १६ वर्षीय राजकुमार यादव र रामविद्या सहनीलाई भारतीय प्रहरीले साढे पाँच किलो गाँजासहित पक्राउ गरेको छ । सिक्टा थाना प्रभारी राज रोशनले नेपालबाट भारत भिœयाइएको साढे पाँच किलो गाँजासहित दुई नेपाली नाबालक पक्राउ परेको […]

निमित्त प्रप्रअलाई आर्थिक जिम्मेवारीबाट हटाइयो

प्रस, वीरगंज, १० माघ/ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरेको छ । मन्त्रालयको हिजो बसेको बैठकले यससम्बन्धी निर्णय गरेको र देशभरका १० वटा नगरपालिका र १३ वटा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरेको हो । निप्रप्रअहरूले अहिलेसम्म गर्दै आएका कामकाजमध्ये उनीहरूले गर्ने […]

भन्सार दिवसको अवसरमा वृक्षारोपण

प्रस, वीरगंज, १० माघ/ ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगंज भन्सार कार्यालय र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले बिहीवार भन्सार क्षेत्रमा वृक्षारोपण गरेको छ । कार्यक्रममा वीरगंज भन्सारको गेटदेखि शङ्कराचार्यद्वारसम्म विभिन्न प्रजातिका ९० थान बिरुवा रोपिएको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछाने र सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सञ्जय शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख भन्सार […]

शुभलक्ष्मी ट्रेडर्स र नीर–जल उद्योगमा अनुगमन

प्रस, वीरगंज, १० माघ/ उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले वीरगंज महानगर–१६ नगवास्थित शुभलक्ष्मी ट्रेडर्समा अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्की नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा शुभलक्ष्मी टे«डर्सबाट मिति उल्लेख नभएका पियुष गोल्ड ब्रान्डको धनिया ७००० किलो, ५५५ ब्रान्डको मेथी ६५१० किलो भेटिएपछि २४ घण्टाभित्र सोको कागजातसहित जिल्ला प्रशासन […]

एनआई कपः अल्पाइन र ज्ञानदा विजयी

प्रस, परवानीपुर, १० माघ/ नेशनल इन्फोटेक कप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार पनि दुईवटा खेल सम्पन्न भए । पहिला खेलमा अल्पाइन माविले वीरगंज कलेजलाई नौ विकेट अन्तरले पराजित ग¥यो । वीरगंज कलेजले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १४.५ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनायो । प्रतिउत्तरमा अल्पाइनले सो लक्ष्यलाई ६.४ ओभरमा एक विकेट […]

श्रमको सम्मानबाट नै उत्पादन वृद्धि

• शीतल महतो कुनै पनि मुलुकको आर्थिक विकास र समृद्धिका लागि उत्पादनशील उमेरको श्रमशक्तिको महŒवपूर्ण भूमिका हुन्छ । उत्पादनको प्रमुख साधन नै श्रमशक्ति हो । श्रमशक्ति प्रोत्साहित नभई उत्पादन वृद्धिको अपेक्षा गर्न सकिन्न । श्रमको ¥हास भयो भने उत्पादनमा पनि ¥हास आउँछ । श्रमशक्ति र श्रमको उत्पादकत्वमा ¥हास आयो भने परिमाणात्मक र गुणात्मक उत्पादन प्रभावित […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्