वीरगंज महानगरपालिका सरसफाइमा फड्को मार्दा अरू पालिका कहाँ चूके ?

धर्मेन्द्र चौरसिया, पोखरिया, ३ माघ ।  वीरगंज महानगरपालिकाले सफाइमा फड्को मारेको छ। महानगर भएको आठ वर्ष हुन लागेको वीरगंजमा पछिल्लो चार वर्षदेखि सरसफाइमा गरिरहेको कामले प्रशंसा बटुलिरहेको छ। महानगरमा फोहोर व्यवस्थापनका लागि एशियाली विकास बैंकको सहयोगमा मझौला शहर एकीकृत वातावरणीय सुधार योजना सञ्चालनमा छ। यसका साथै ‘सफा नेपाल एप’ सञ्चालनमा आएपछि अहिले वीरगंज महानगर सफाइमा […]

वीरगंज महानगरको राजस्व छ महीनामा पनि घाटामा

प्रस, वीरगंज, ३ माघ/ वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व चालू आवको छ महीनामा गत आवको सोही अवधिको तुलनामा कम सङ्कलन भएको छ। वीरगंज महानगरपालिका राजस्व महाशाखाले गत आव २०८०/८१ को साउन–पुससम्म रु २६ करोड ९० लाख ९१ हजार ४४४ राजस्व सङ्कलन भएकामा चालू आवको पुस मसान्तसम्म २६ करोड १ लाख ७० हजार ८८२ सङ्कलन भएको जनाएको […]

पिपरामा कम्बल वितरण

प्रस, परवानीपुर, ३ माघ/ वीरगंज महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा बिहीवारदेखि वडाभरिका दलित, विपन्न, ज्येष्ठ नागरिक, एकल महिलालाई चीसो मौसममा न्यानो कपडाको रूपमा कम्बल वितरण गरिएको छ।  वडाध्यक्ष महबूब एलाही अन्सारीको सक्रियतामा चिनीमिल ठूलो पिपराका बासिन्दालाई आज न्यानो कपडा वितरण गरिएको छ भने चाँडै वडाका अन्य स्थानमा पनि कम्बल वितरण गरिने उनले बताए। सानो र ठूलो […]

कोटीहोम महायज्ञको अनुगमन

प्रस, वीरगंज, ३ माघ/ बारा जिल्ला विश्रामपुर गाउँपालिका–५ इटियाहीमा हुने श्री श्री १००८ महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ शिवशक्ति कोटीहोम महायज्ञको बारा जिल्लाका विभिन्न पालिकाका प्रमुखले निरीक्षण गरेका छन्। कलैया उपमहानगरपालिका प्रमुख विनोद साह, जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल, बारागढी गापाध्यक्ष अशोक जैसवाल, परवानीपुर गापाध्यक्ष रामक्षत्री पटेललगायतको सहभागिता थियो। फेटा गापाध्यक्ष रूस्तम अन्सारीले पालिकाका प्र्रमुखहरूलाई महायज्ञस्थल […]

बसडिलवामा सामुदायिक भवनको शिलान्यास

प्रस, वीरगंज, ३ माघ/ वीरगंज महानगरपालिका–२९  बसडिल्वामा दलित समुदायका लागि सामुदायिक भवनको शिलान्यास गरिएको छ। बिहीवार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले भवनको शिलान्यास गरे।  शिलान्यास कार्यक्रममा सहभागीहरूले सामुदायिक भवन निर्माणबाट दलित समुदायको सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताए।  नगरप्रमुख राजशमान सिंहले दलित समुदायलाई आफ्नो हकअधिकार सुनिश्चित गर्न र सामाजिक गतिशीलता बढाउन […]

उपकार सेवाद्वारा विद्यालयमा चापाकल जडान

प्रस, वीरगंज, ३ माघ/ उपकार सेवा नेपालले जगरनाथपुर गाउँपालिका–३ बडगोस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा चापाकल जडान गरेको छ। बिहीवार संस्थाकी अध्यक्ष विद्या सरावगीले चापाकलको उद्घाटन गर्दै १०० जना छात्रछात्रालाई कापी, सीसाकलम, कटरलगायत सामग्री वितरण गरेकी थिइन्।  विद्यालय स्थापना भएको २५ वर्ष बितिसक्दा पनि सो विद्यालयमा खानेपानी धारा जडान नभएपछि समाजसेवी  प्रकाश थारूको पहलमा विद्यालय हाताभित्र […]

बौधीमाईका प्रमुखविरुद्ध नाराबाजी, कारबाईको माग

प्रस, रौतहट, २ माघ/ रौतहटको बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन्। बुधवार बङ्कुल बजारमा स्थानीयवासीले ‘भ्रष्टाचारी मेयर मुर्दाबाद’, ‘भ्रष्टाचारीलाई कारबाई गर’, ‘दोषीलाई कारबाई गर’ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए।  नगरप्रमुख यादवले मापदण्ड नबनाइ मनपरी ढङ्गले सडक विस्तारको नाममा स्थानीयवासीको घर भत्काएर दुःख दिएको प्रदर्शनकारीहरूले आरोप लगाएका थिए। नगरप्रमुख यादवले सरमुजवा गाउँमा […]

सङ्घीय निजामती सेवा ऐन पारित हुने– मन्त्री गुप्ता

प्रस, वीरगंज, ३ माघ/ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती सेवा ऐन पारित हुने बताएका छन्।  बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई विश्वस्त तुल्याउँदै उनले बजारमा हल्ला चले अनुसार ट्रेड युनियन महासङ्घ खारेजीको पक्षमा सरकार नरहेको बताए। उनले ट्रेड युनियन अधिकारसहित सङ्घीय निजामती सेवा ऐन जारी हुने बताए।  मन्त्री गुप्ताले निजामती […]

पुलिसले उचाल्यो जय ट्रफी

प्रस, परवानीपुर, ३ माघ/ क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान)द्वारा मधेस प्रदेशको वीरगंज र जनकपुरमा आयोजित मिनी टेस्टको रूपमा चिनिने जय ट्रफी क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ।  वीरगंजको नारायणी क्रिकेट ग्राउन्डमा बिहीवार सम्पन्न तीन दिवसीय फाइनल खेलमा २८ रनअन्तरले नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जय ट्रफीको उपाधि उचालेको हो। १०३ रनको […]

‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण

संयुक्त राज्य अमेरिका, ३ माघ/एएफपी अर्बपति जेफ बेजोसले स्थापना गरेको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले बिहीवार पहिलोपटक आफ्नो विशाल न्यू ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ। अमेरिकी राज्य फ्लोरिडास्थित ‘केप क्यानाभेरल स्पेस फोर्स बेस’बाट स्थानीय समय अनुसार बिहान २ः०३ बजे रकेट प्रक्षेपण गरिएको हो।  यो मिसनलाई ब्लु ओरिजिनले एलन मस्कको व्यावसायिक अन्तरिक्ष उद्योगमा हाबी स्पेसएक्ससँग प्रतिस्पर्धा […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्