थारू समुदायले माघी महोत्सव मनाए

प्रस, पोखरिया, १ माघ/ देशभरि थारू समुदायका साथै अन्य समुदायले मङ्गलवार माघेसङ्क्रान्ति पर्व मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले आजका दिनलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छ । उत्तरायण शुरू हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्य […]

मकर सङ्क्रान्तिमा गढीमाई मन्दिरमा बोकाको बलि

प्रस, वीरगंज, १ माघ/ बलिदानका लागि विश्वचर्चित बारा जिल्लाको महागढीमाई नगरपालिका–१ बरियापुरस्थित गढीमाई मन्दिरमा यसपटकको पञ्चवर्षीय मेलामा भाकल गरेर बलिदान बाँकी रहेकाहरूले बोकाको बलि दिएका छन् । पञ्चवर्षीय मेलामा भाकल गरेर छुटेकाहरूको लागि मेला आयोजना भएको वर्ष मकर सङ्क्रान्तिमा बोकाको बलि दिने र परेवा उडाउने गरिन्छ । कतिपय भाकलकर्ताले बोकाको बलि दिन्छन् भने कतिपयले परेवा […]

स्व गोपाल गिरी पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान

प्रस, वीरगंज, १ माघ/ नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले प्रदान गर्दै आएको स्व गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार मङ्गलवार पत्रकार पङ्कज श्रेष्ठलाई प्रदान गरिएको छ । मधेस प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्रीले ५१ हजार राशिको सो पुरस्कार आज पत्रकार श्रेष्ठलाई प्रदान गरे । उनले पत्रकारिता क्षेत्रमा निरन्तर सुधारको आवश्यकता […]

नेरेसा पोखरिया उपशाखाको नेतृत्व चयनमा ढिलाइ

प्रस, पोखरिया, १ माघ/ नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको अधिवेशन सम्पन्न भएको दुई साता बितिसक्दा पनि नेतृत्व चयन हुन सकेको छैन । गत पुस १५ गते उपशाखाको अधिवेशन उद्घाटन समारोह सम्पन्न भएको थियो । अधिवेशनको बन्दसत्रमा सभापति पदका लागि तीनजना प्रत्यासी देखिएपछि सहमति हुन सकेन र नगरप्रमुख प्रद्युम्न चौहान, पूर्वनगरप्रमुख दीपनारायण रौनियार र वडाध्यक्ष लछुमनसाह […]

५०५ किलो गाँजासहित तीनजना पक्राउ

प्रस, सिम्रौनगढ, १ माघ/ सीमावर्ती भारतको मोतिहारी नजीकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बारा जिल्लासँग जोडिएको भारतको पूर्वी चम्पारणको मोतिहारी जिल्लाबाट ५०५ किलो गाँजा बरामद भएको मोतिहारी प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा मोतिहारी प्रहरीले भारतीय नम्बरको तेल ट्याङ्करबाट सो परिमाणको गाँजा बरामद गरेको हो । ट्याङ्करबाट गाँजा बरामद भएपछि तीनजनालाई […]

बालकको उद्धार, तीनजना अपहरणकारी पक्राउ

नितेश कर्ण, वीरगंज, १ माघ/ जिल्ला प्रहरी कार्यालय, सर्लाहीले अपह्त १५ वर्षीय भारतीय बालकको सफल उद्धार गर्दै तीनजना अपहरणकारीलाई पक्राउ गरेको छ । गत पुस २८ गते भारतीय बालकलाई बन्धक बनाइ राखेको सूचनाको आधारमा ब्रह्मपुरी गाउँपालिका–४ स्थित भारतीय सीमा क्षेत्रबाट बालकलाई उद्धार गरेर अपहरणमा संलग्न तीनजनालाई पक्राउ गरेको जिप्रका सर्लाहीले जानकारी गराएको छ । सो […]

योग दिवसमा पोखरियामा योगाभ्यास

प्रस, पोखरिया, १ माघ/ १०औं राष्ट्रिय योग दिवस पोखरिया नगरपालिकाले कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा मङ्गलवार पोखरिया नपाले वडा नं ४ स्थित पोखरेश्वर महादेव मन्दिरको धर्मशालामा योगाभ्यासको आयोजना ग-यो । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयलाई प्रशिक्षक कविराज धीरेन्द्र झाले योगाभ्यास गराएका थिए । कार्यक्रममा नगरप्रमुख प्रद्युम्न चौहान, उपप्रमुख रूबि ठाकुर, वडाध्यक्ष लछुमन साह कानू, […]

पर्सा एमालेले १४ वटै पालिकाको अधिवेशन गर्ने

प्रस, वीरगंज, १ माघ/ नेकपा एमाले पर्सा जिल्लाको प्रथम सचिवालय कमिटीको बैठक अध्यक्ष डा विश्वम्भरकुमार शर्माको अध्यक्षतामा पार्टी कार्यालय मनमोहननगरमा सम्पन्न भएको छ । बैठकमा केन्द्रीय कमिटी सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा र केन्द्रीय सदस्य अरविन्द सिंहले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि एमालेको माघदेखि चैत महीनासम्म सञ्चालन हुने तीन महीने वडा केन्द्रित पार्टी निर्माण […]

निश्शुल्क भोजनको सातौं वर्ष

प्रस, वीरगंज, १ माघ/ वीरगंज महानगरपालिका–६ आदर्शनगरस्थित सद्भाव समितिले निश्शुल्क भोजन कार्यक्रम आयोजना गरेको सातौं वर्षको उपलक्ष्यमा मङ्गलवार निश्शुल्क भोजन गराएको छ । गरीब, असहाय, निमुखा र दैनिक ज्याला मजदूरी गर्दै आएका व्यक्तिहरूलाई लक्षित गरेर सात वर्ष अघिदेखि प्रत्येक शनिवारका दिन आदर्शनगर चोकमा निश्शुल्क भोजन गराउँदै आएको समितिका सञ्चालक रमेश जाटियाले बताए । उनले सात […]

१२४ परिवारलाई कम्बल वितरण

प्रस, परवानीपुर, १ माघ/ जिल्ला विपद् समिति पर्साले मङ्गलवार पकहामैनपुर र धोबिनी गाउँपालिकामा रहेका दलित परिवारलाई कम्बल वितरण गरेको छ । जिल्ला विपद् समिति पर्साका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, रूँगटा वेलफेयर सोसाइटी पर्साका सुरेश रूँगटालगायतले धोबिनी गापा–५ खेस्राका ५१ र पकहामैनपुर गापा–४ जगरनाथपुरका ७३ जना दलित परिवारलाई […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्