पुण्यतिथिमा वृद्धाश्रममा भोजन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, बिरुवागुठी, २७ पुस/

बुबाको पुण्यतिथिमा छोरीले ठोरी गाउँपालिकाको वृद्धाश्रमका वृद्धवृद्धा, अपाङ्गहरूलाई भोजन गराएकी छन्। 

ठोरी गापा–३ बुद्धनगर निवासी मीरा खड्काले स्व धनबहादुर खड्काको छैटौं पुण्यतिथिमा ठोरी वृद्धाश्रमका वृद्धवृद्धाहरू, अपाङ्ग गरी ३५ जनालाई भोजन गराउनुका साथै एक थान ह्वीलचेयर सहयोग गरेकी छन्। उनले पुण्यतिथिमा हुने अन्य खर्चहरूमा कटौती गरी वृद्धाश्रममा आश्रितहरूलाई भोजन गराउनुका साथै ह्वीलचेयर सहयोग गरेको बताइन्। 

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस