३० जनाद्वारा रक्तदान

प्रस, वीरगंज, २७ पुस/
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन) बाराको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित ३० जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक मनीष गुप्ताले बबिता चौधरी, छाया सर्राफ, समीरबाबू मियाँ, कर्णराज घिमिरे, सुनील गुप्ता, श्री पासवान र रवि रामलगायतले रक्तदान गरेको बताए ।