पत्रकारको सुरक्षामा प्रशासन गम्भीर –प्रजिअ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ पुस/
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारहरूको सुरक्षाको सवालमा स्थानीय प्रशासन गम्भीर रहेको बताएका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साले बुधवार पर्सा जिल्लाबाट केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित नेपाल पत्रकार महासङ्घका पदाधिकारी सदस्यहरूको सम्मान कार्यक्रममा प्रजिअ अर्यालले पछिल्लो समय पर्साका पत्रकारहरूको सुरक्षामा सवाल उठिरहेको सन्दर्भमा स्थानीय प्रशासन गम्भीर भएको बताए । उनले पत्रकारहरूलाई सबैथरीबाट सुरक्ष्Fा प्रदान गरिने प्रतिबद्धता जाहेर गरे ।

प्रजिअ अर्यालले जिल्लामा रहेका सरकारी कार्यालयहरूबाट प्रदान गरिने सूचना छिटोछरितो पत्रकारहरूलाई उपलब्ध गराउने तयारी भइरहेको बताए । उनले शुरूदेखि यसको व्यवस्था गरिएको भएपनि यसलाई अझ बढी चुस्तदुरुस्त बनाउने बताए । पर्यटन प्रवद्र्धनको विकासमा सबैको समन्वय हुनुपर्ने र त्यसो भएको खण्डमा पर्सामा पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष ओमप्रकाश खनालले पर्साको पर्यटन विकासमा पत्रकारहरूले खेल्ने भूमिकालाई अझ बढी प्रभावकारी बनाउने बताए । उनले निर्वाचनमा जेजस्तो परिणाम आए पनि महासङ्घ, पर्सालाई पत्रकारहरूको साझा सङ्गठनको रूपमा स्थापित गराउने विषयमा आप्mनो इमानदार प्रयास हुने बताए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घको लेखा समिति सदस्य केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बन्जारा, शाखा अध्यक्ष ओमप्रकाश खनाललगायत पदाधिकारी सदस्य तथा केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यलाई फूलमाला, अबीर लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा महासङ्घका पूर्वसचिव दीपेन्द्र चौहानलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण दिलीपराज कार्कीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस