वीउवासङ्घद्वारा अर्थमन्त्रीलाई सुझाव

प्रस, वीरगंज, २४ पुस/
वीरगंज उघोग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेका छन् ।

सङ्घका अध्यक्ष अग्रवालले आर्थिक क्षेत्र चलायमान बनाउन तथा आर्थिक क्षेत्रको सुधारका लागि अर्थमन्त्री पौडेललाई सुझावपत्र बुझाएका छन् ।

अध्यक्ष अग्रवालले भन्सार, कर, उधारो कानूनलगायत विषयमा लिखित सुझाव दिएपछि अर्थमन्त्री पौडेलले अर्थ र राजस्व सचिवलाई नीतिगत छलफलमा यो सुझाव राख्ने बताए ।

कार्यक्रममा सङ्घीय सांसदहरू प्रभु हजरा, निर्मला देवकोटा, वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल, नेकपा एमाले पर्साका सचिव महेश दासलगायत सहभागी थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्