ठोरीमा जङ्गली हात्तीले फेरि आतङ्क मचायो

चिरञ्जीवी सापकोटा, ठोरी, २४ पुस/
चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले बुधवार बिहान ठोरी गाउँपालिकामा आतङ्क मचाएको छ ।

बुधवार बिहान ३ बजेतिर गाउँ छिरेको जङ्गली हात्तीले ठोरी गापा–२ गौतमनगरमा चेतबहादुर बस्नेत, काजी प्याकुरेल र सीता गौतमको घरमा क्षति पु¥याएको छ भने भकारीमा रहेको धान खाएको वडाध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए । घरमा धान खाइरहेको अवस्थामा गाउँलेहरूले होहल्ला गरी हात्ती भगाएको स्थानीय जगन्नाथ बस्नेतले जानकारी दिए ।

त्यहाँबाट भागेको हात्ती इच्छानगर प्रवेश गरेको थियो । बिहान ११ बजेसम्म गाउँ क्षेत्रमैं रहेको इच्छानगरका स्थानीयवासीले जानकारी दिएका थिए । सो क्ष्Fेत्रमा हात्ती रहेको कारण स्थानीयहरूलाई आवतजावतमा नेपाली सेनाले रोक लगाएको थियो भने नेपाली सेना सुरक्षाका लागि जङ्गल परिसर र गाउँमा तैनाथ थियो ।

तीन दिन पहिला पनि अमुवा पोस्टका नेपाली सेनालाई हात्तीले घाइते बनाएको र उपचारको लागि चितवन लगिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

ठोरीका विद्यालय पनि बन्द ठोरी गाउँपालिकाले पुस २४ देखि माघ ४ गतेसम्म जाडोको बिदा दिएको छ ।

ठोरी गापाका शिक्षा प्रमुख भुपालकुमार जोशीले वर्षे बिदाबाट कट्टा हुनेगरी १० दिन जाडो बिदा दिइएको बताए ।