५० किलो गाँजासहित चारजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ पुस/
जिल्ला प्रहरी कार्यालय, पर्साले मङ्गलवार ५० किलो गाँजासहित चारजनालाई पक्राउ गरेको जनाएको छ ।

वीरगंज महानगरपालिका–२० हरपतगंजचोक नजीकैबाट ५० किलो गाँजासहित बहुदरमाई नपा वडा नं १ विश्रामपुर निवासी ४० वर्षीय पारस यादव, सोही ठाउँ निवासी ५२ वर्षीय मैनाद्दीन मियाँ, बहुदरमाई नपा वडा नं ७ तीनटोलिया बस्ने ३६ वर्षीय अकबर मियाँ र बहुदरमाई नपा वडा नं ७ छपकैया बस्ने ४५ वर्षीय शिव महतोलाई पक्राउ गरेको जिप्रका, पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।

प्रहरीले प्लास्टिकको बोराभित्र चार पोकामा ५० किलो गाँजा बरामद गरेको तथा पक्राउ परेका चारैजनामाथि लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रनाउ लम्सालले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस