बालबालिकाको स्वाभाविकतामा कठिन जोडोको प्रभाव

• सञ्जय साह मित्र

बालबालिका सबैका प्यारा हुन्छन् । बालिबालिकालाई देख्नासाथ सबैको मनमा एक किसिमको स्नेह उत्पन्न हुन्छ । खेलिरहेका, उफ्रिरहेका, हाँसिरहेका, नयाँ कपडा लगाएका तथा अलिकति चकचक गरिरहेका बालबालिकालाई साँच्ची नै हाम्रो समाजले ईश्वरको रूप मानेको छ । कञ्चन मन तथा स्वच्छ हृदय भएका बालबालिकाको निश्छल व्यवहारले सबैलाई आप्mनै बाल्यकालको स्मरण गराउँछ । यही कारण हुनुपर्छ, हरेकले आप्mनो जीवनको स्वर्णकाल बाल्यकाललाई मान्दछ । यद्यपि काम र सक्रियता तथा चर्चा र आय अनि स्वास्थ्यको आधारमा पनि मानिसको जीवनमा स्वर्णकाल परिभाषित हुन सक्छ तर समग्रमा कुनै चिन्ता नहुने जीवन भनेकै बाल्यकाल हो ।

मानिसले अन्य जीवका बच्चालाई पनि मन पराएको हुन्छ । सानोमा कुकुरकै छाउराछाउरी कति प्यारा हुन्छन् । घरमा उफ्रिरहेका बाख्राका पाठापाठीलाई देख्नासाथ मन पुलकित हुन्छ । यति मात्र नभई सामान्यतया खोर र वरिपरि गन्हाउने नै भए पनि सुँगुरकै पाठापाठी पनि आकर्षक लाग्छन् । यदि स्क्रिनमा वा कुनै जङ्गल तथा चिडियाखानामा नै सही, मृगका शावकहरूलाई देखेपछि प्रकृतिको सिर्जना कति मनमोहक हुन्छ भन्ने लाग्दछ । हेर्दैमा खुँखार लाग्ने सिंहका डमरूलाई देखेपछि हृदय पुलकित हुन्छ । सर्पको बच्चा सँपोलालाई देख्दा पनि निकै राम्रो लाग्छ । यद्यपि हाम्रो मस्तिष्कले भने हिंस्रक जीवजन्तु र तिनको बच्चादेखि हामीलाई सचेत गराइरहेको हुन्छ । यो हाम्रो बौद्धिक सत्य हो ।

अनि हामीले विचार गरेकै कुरो हो, हाम्रै घरमा बालबालिकालाई सबैले कति धेरै माया गर्दछन् । बालबालिकालाई माया गर्नुको पछाडि मानिसको बालबालिकाप्रतिको आकर्षण र माया दुवै हो । यदि कसैले आप्mनो सानो सन्तानलाई गाली गरेको वा कुटेको अरूले देख्दछ भने गाली गर्नेकै गल्ती मान्दछ, अपरिचित बटुवाहरूले पनि । कोही मातापिता आप्mना सन्तानलाई सम्भव भएसम्म गाली गर्न चाहँदैन । सम्भव भएसम्म काम अह्राउन खोज्दैन । काम अह्राउँदो आप्mनो अवस्था विचार गर्दछ । आप्mना सन्तानको अवस्थामाथि पनि विचार गरेको हुन्छ । कसलाई कुन कामको लागि कुन बेला उपयुक्त मान्नुपर्छ भन्ने विचार गर्दछ । यसरी बालबालिकाप्रति हरेक अभिभावक घरमा पनि सचेत हुन्छ भन्ने कुरा जगजाहेर छ ।

बालबालिकाप्रति अभिभावक जति सचेत हुन्छन्, त्यति सचेत कतिपय अवस्थामा बालबालिका स्वयं आप्mनो स्वास्थ्य र अवस्थाप्रति हुँदैनन्, हुन सक्दैनन् । बालबालिकालाई स्वच्छन्दता र स्वतन्त्रता प्यारो हुन्छ । बालबालिकाले आपूmलाई त्यति सचेत तुल्याउन पनि सक्दैनन् । खेल्न र रमाइलो गर्न पाए पुग्छ भन्ने प्रायः बालबालिकाको सोच हुन्छ । अनि खेल्न, रमाइलो गर्न खासै जाडोको अनुभूति गर्दैनन् । अझ आपूmजस्तै उमेरका वा आपूmभन्दा अलिकति सानो उमेरका दौंतरीहरूलाई जब खेलेको, रमाइलो गरेको तथा कुनै कारणले कतै गइरहेको देख्दछन् तब मनभित्र उत्साहको अर्को चरण आरम्भ हुन्छ अनि तत्काल आपूm पनि सोही प्रकृतिमा जान पाए हुन्थ्यो भन्ने ठान्दछन् ।

हो, जाडोले सबैभन्दा बढी प्रभाव पार्ने भनेकै बालबालिका, बिरामी, वृद्धवृद्धा तथा विपन्न समुदायलाई हो । अझ विपन्न समुदायका बालबालिका, बिरामी तथा ज्येष्ठ नागरिकलाई नै जाडोले बढी प्रभावित पार्दछ । जाडोले अन्य वर्गलाई प्रभावित पार्दैन भन्ने होइन । जाडोमा अलिकति स्कुटर चलाउँदा म पनि ज्वरोले पीडित भएको पुरूष हुँ । जाडोले सबै वर्गलाई प्रभावित पार्दछ भन्ने कुरो सत्य हो । जाडोले कुनै वर्गलाई देख्दैन तर प्रभावित पार्ने सवालमा भने केही फरक पर्न सक्छ । जाडोबाट बच्न जसले बढी सक्रियता वा सतर्कता अपनाउन सक्छ, उसलाई कम प्रभावित तुल्याउँछ भन्ने नै हो । यसै अर्थमा बालबालिकाले न आपूmलाई सतर्क बनाउन सक्छन्, न विपन्न वर्गमा नै क्षमता हुन्छ । विपन्न वर्गका मानिसहरू पनि यदि घरमा बस्ने हो भने भोकै बस्नुपर्छ ।

सामान्य अवस्थाको कुरो छाडौं । जाडो महीनामा पनि यदि घरको ओछ्यानमा बालबालिकालाई यत्तिकै सुतेको वा बसेको देख्दा राम्रो लाग्छ ? साँच्चै भन्ने हो भने केही हलचल नगरी कसैका बालबालिका ओछ्यानमा राम्रो लुगा लाएर, सिरक वा अन्य कपडा ओढेर यत्तिकै डेढ दुई घण्टा आरामले बस्ने हो भने अनेक शङ्का उब्जिन शुरू हुन्छ । ननिदाएको तर अत्यन्त शान्त बसेका बालबालिका छन् भने अभिभावकलाई शङ्का लाग्न शुरू हुन्छ कि कतै बिरामी त परेन ? किनभने त्यो बालबालिकाको स्वाभाविक प्रवृत्ति होइन । बालबालिकाको स्वाभाविक प्रवृत्ति भनेको चल्ने, खेल्ने, जिस्किने वा शान्त नरही विभिन्न बाललीला गर्ने हो । यदि हामीले भन्ने गरेको भलाद्मीको प्रतिमाको रूपमा कोही बालबालिका मूर्तिवत् शान्त ओछ्यानमा बस्ने हो भने हामीलाई निस्सन्देह नरमाइलो लाग्छ । बालबालिकाको स्वाभाविकता अवरूद्ध भएको ठान्छौं । यथार्थमा सोचाइ, भोगाइ र देखाइको बालबालिकाको प्राकृत स्वरूप नै सबैलाई मन पर्छ । यही प्राकृत स्वरूपको स्वाभाविक गतिमा गतिरोध उत्पन्न गर्ने व्यवहार जाडोले गरेको हुन्छ ।

धेरैलाई धेरै मन पर्ने मौसम जाडो भए पनि जाडोले बालबालिकाको बालापनलाई साँघुरो बनाइदिएको हुन्छ । अझ कतिपय अवस्थामा त विद्यालयको गतिविधि रोकिएर घरमा सीमित हुनुपर्दा अझ धेरै हदसम्म बालसंसार साँघुरिन पुग्छ । बाहिर खेल्न पनि अप्ठ्यारो र खेल्न नपाउँदा झन् नराम्रो । बालबालिकाले यसरी अलिकति भए पनि बाहिर खेल्ने स्वतन्त्रता गुमाउन पुगेका हुन्छन् । अझ बामे सरिरहेका बालबालिकाको हकमा त जाडोले घर, काख र ओछ्यानमा सीमित हुनु पर्छ । जाडोले भुइँमा खेल्न अप्ठ्यारो हुन्छ । लुगा भिजेको पनि पत्तो नपाउने अवस्थाका बालबालिकालाई शीतलहरको जाडोको दिन झन् नमज्जा हुन्छ । आगोनेर कति बस्नु वा काखैमा पनि कति बस्नु ? बाहिर कहाँ जानु ? बाहिर चिसो स्याँठ चलिरहेको हुन्छ । यसरी कठिन दिन बालबालिकाका लागि झन् कठिन हुन्छ ।

खाने, खेल्ने र रमाउने उमेर भनेकै बाल उमेर हो । यद्यपि अहिले सानै उमेरदेखि बालबालिकामाथि पढाइको बोझ थपिएको हुन्छ । किताबको भारी बोकेर विद्यालय जानु तथा विद्यालयबाट गृहकार्यको भारी बोकेर फर्किनु अनि घरमा बसेर गृहकार्य गर्नु, गृहकार्यसँगै अलिकति याद गर्नुपर्ने कुराहरू रट्नु र अनि मातापिताको आदेश मानेर फेरि पढ्न बस्नु आदिमा बालबालिकाको स्वाभाविकता देख्नुपरेको छ । अझै गाउँटोलका दौंतरीसित पनि खासै भेट्न नजाने, नजीकै टोलका बालबालिकाहरू खेलिरहँदा पनि खासै खेल्न नजाने तर पढाइको कुरामा अत्यन्तै चासो राख्ने र सोधेको प्रश्नको उत्तर दिने बालबालिकाहरू अभिभावकको नजरमा अनुशासित, ज्ञानी र जानकार ठानिन्छन् । यथार्थमा हामीले भोगेको बालापन यस्तै थियो त ? अनि यस्तो अहिले भइसकेको बालापन चाहिं आगामी चार पाँच दशकमा अझ परिवर्तन भएर कस्तो हुने होला ? कल्पना गर्न पनि नसकिने गरी भविष्य उभिन्छ अगाडि ।

देश र दुनियाँ देखिसकेका, जीवनको मुख्य उमेर भोगिसकेका र धेरै ऊर्जा रहेको अनुभव नगरिरहेको कतिपय ज्येष्ठ नागरिकहरूलाई भने यस्तो जाडोमा घरमा आरामले बस्नुपर्ने बाध्यता हुन्छ । अनि आरामले बसेर केवल दिन कटाउनुभन्दा पुस्तक अध्ययन गर्ने तथा अनुभव र व्यवसायसित सम्बन्धित विभिन्न कुराहरू लेख्ने पनि गर्दछन् । यसलाई धेरै राम्रो मान्न सकिन्छ । यथार्थमा आराम पनि हुने र आरामसित मिल्ने काम पनि हुनेगरी जीवनलाई सक्रिय तुल्याउने काम कमै मानिसले गर्न सकेका हुन्छन् । शारीरिक श्रम र मानसिक श्रमको तुलना गर्न सकिन्न तर कतिपय अवस्थामा मानसिक श्रम घरमा बसेर र जस्तोसुकै जाडोको समयमा पनि गर्न सकिन्छ । बालबालिकासित यही कुराको अभाव हुन्छ र घरमा जाडो कटाउन त्यति सजिलो पनि हुँदैन । गर्मी र बर्खालाई कतिपय अवस्थामा बालबालिकाले सिर्जनात्मक उपयोग गरेको देखिन्छ तर जाडोमा सिर्जनात्मक सक्रियता कम हुन पुग्छ । त्यसैले बालबालिकाको स्वाभाविकतामा अन्य मौसमको तुलनामा जाडोले बढी प्रभाव पारेको हुन्छ ।