ओझेलमा छन् रौतहटका पर्यटकीयस्थल

चन्द्रपुर, २४ पुस/रासस
पछिल्लो समय रौतहटमा पर्यटकहरूको लागि नयाँ गन्तव्यस्थलहरू बढ्दै गएका छन् । खासगरी ऐतिहासिक महŒव बोकेका क्षेत्रहरूलाई पर्यटकहरूको गन्तव्य बनाइएको छ । प्रचुर पर्यटकीय सम्भावना बोकेका शिवनगरको शिव मन्दिर, पौराईको ब्रह्मस्थान, नजरपुरको कृष्ण मन्दिर, सन्तपुरको मरधर सिमसार क्षेत्र, गौरस्थित बरहवा सिमसार, शहीद स्मृति पार्क, तिलेश्वर पार्क, जङ्गे झरना, दुर्गाभगवती मन्दिरलगायत दर्जनभन्दा बढी ऐतिहासिक महŒवका स्थलहरू रौतहटमैं पर्छन् । यी विभिन्न गन्तव्यस्थलहरूका बारेमा सङ्क्षेपमा यहाँ उल्लेख गरिएको छ ।

नूनथर क्षेत्र
पूर्व–पश्चिम महेन्द्र राजमार्गको बाग्मती खण्डबाट झन्डै दुई किमि उत्तर हिंडेपछि रौतहट, मकवानपुर, सर्लाही र सिन्धुलीको सङ्गमस्थलको रूपमा परिचित पर्यटकीय क्षेत्र नूनथर आउँछ । बाग्मती नदीको किनार तथा चुरेको काखमा रहेको नूनथर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलको रूपमा विकसित हुँदैै गएको छ । यहाँ एकपटक आएपछि नदोहो¥याउने कमै होलान् । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने नूनथर क्षेत्र धार्मिक तथा पर्यटकीय स्थलको रूपमा परिचित छ । पछिल्लो समय विवाह, वनभोज र घुम्नेहरूको रोजाइमा परेको यो क्षेत्र स्वच्छ, सफा, सुन्दर, प्राकृतिक एवं जैविक विविधतायुक्त तथा आफ्नै मौलिकताले भरिपूर्ण छ । सय वर्षभन्दा बढी पुरानो शिव मन्दिर र त्यहाँको नुनिलो पानीका कारण यो क्षेत्र धार्मिक र पर्यटकीय महŒवले प्रख्यात छ । चुरे फेदको पानीको मूलहरूमध्ये नून मिसिएको मिठासयुक्त पानी अन्यत्र पाइएको छैन । यहाँको पानी दुर्ई वर्षसम्म खाएमा कुष्ठरोग, चर्मरोग निको हुने जनविश्वास रहेको नूनथर क्षेत्र विकास समितिका सचिव समीरबाबू कार्की बताउँछन् ।

सातौं शताब्दीमा चिनियाँ यात्री हवेनसँग नूनथरमा बास बसेको ताङ वृतान्तमा उल्लेख छ । विविधता एवं प्रकृतिको मनमोहक दृश्यावलोकन, मिठासयुक्त नुनिलो पानीको स्वाद चाख्न, वनभोज र शिव मन्दिर दर्शनका लागि भारतबाट समेत पर्यटकहरू आउने गरेको सचिव कार्कीले जानकारी दिए । छिमेकी सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिसहरू यहाँ घुम्न आउँछन् । साउन र भदौ महीनामा यहाँ मेला लाग्छ । नूनथर क्षेत्र विकास समितिका अध्यक्ष एवं पूर्वसांसद रामकुमार भट्टराईका अनुसार यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्न समितिले झन्डै रु एक करोड खर्चेर पिङ, चिल्ड्रेन पार्क, वनभोजस्थल, माछा मार्ने स्थान र डुङ्गा शयरको व्यवस्था गरेको छ ।

नूनथरमा झोलुङ्गे पुल निर्माण गरिएपछि यसको रौनक झनै बढेको छ । पुलले सर्लाही जिल्लालाई समेत जोडेको छ । कतिपय मानिस तस्बिर खिच्न मात्र पनि पुलमा पुग्छन् । यस्तै, नूनथरको पश्चिम उत्तरको कुनामा रहेको अग्लो रामचुवा डाँडाबाट सूर्योदय तथा सूर्यास्तको आकर्षक दृश्य हेर्न सकिन्छ । उत्तरको मनोरम हिमशृङ्खला र दक्षिणको पवित्र भागीरथी गङ्गा बगिरहेको देख्न सकिन्छ ।

मरधर सिमसार क्षेत्र
साइबेरियादेखि पक्षी आउने मरधर सिमसार क्षेत्र पछिल्लो समय अतिक्रमणको चपेटा परेको छ । पूर्व–पश्चिम राजमार्गबाट चार किमी दक्षिण चन्द्रपुर नगरपालिका–८ मा रहेको यो सिमसार क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको छ । यहाँ विभिन्न प्रजातिका चराहरू देख्न पाइन्छ । ३० बिघा क्षेत्रमा फैलिएको सिमसारलाई व्यवस्थित गर्न गुरुयोजना बनाइएको भए तापनि भूमाफियाले आफ्नो नाममा गराएपछि सो क्षेत्र संरक्षण हुन सकेको छैन । सिमसारमा डुङ्गा शयर, मन्दिर, बालउद्यान, चिडियाघरलगायत पर्यटकका लागि आकर्षण भौतिक संरचना बनाउन विस्तृत परियोजना प्रतिवेदन ( डिपिआर) तयार गरिएको भएपनि त्यस अनुसार काम भएको छैन । सो सिमसार क्षेत्रको भूभागलाई २०४६ सालमैं भूमाफियाले आफ्नो नाममा गराइसकेको भए तापनि चन्द्रपुर नगरपालिकाले राज्यको नाममा ल्याउन लागिपरेको बताइएको छ ।

जङ्गे झरना
जङ्गे झरना रौतहटको चन्द्रपुर नगरपालिका–१ र २ अथवा रौतहट र मकवानपुर जिल्लाको सङ्गम क्षेत्रमा पर्छ । चुरे क्षेत्रमा पर्ने उक्त झरनामा भारतबाट समेत पर्यटकहरू आउने गर्छन् ।
कुनै समय जङ्गबहादुर राणाले रमाइलो गर्न आउने ठाउँको रूपमा रहेको बूढापाकाहरूको भनाइ छ । सोही कारणले गर्दा पनि यो झरनाको नाम जङ्गे झरना राखिएको बताइन्छ । सो झरना जानको लागि चन्द्रपुर नगरपालिकाको सहयोगमा बाटो निर्माण गरिएको छ । सो क्षेत्रमा मानिसहरू चीसोपानीमा नुहाउन र वनभोज खान आउने गर्छन् । खासगरी गर्मी समयमा उक्त झरनामा मानिसहरूको भीड लाग्ने गरेको स्थानीय गोविन्द खरेलले बताए ।

शहीद स्मृति पार्क
चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको शहीद पार्क आन्तरिक पर्यटकका लागि गन्तव्य बनेको छ । प्रायः हरेक शनिवार यो क्षेत्रमा निकै भीड लाग्छ । चाँदी खोला र जङ्गलको सङ्गमले चिनिने पार्कमा भारतको बैरगनियबाट समेत पर्यटकहरू घुम्न आउने गर्छन् । राजमार्गमैं टाँसिएर बनेको सो पार्क नेपाल सरकारले २०६६ सालमा शान्ति मन्त्रालयको लगानीमा निर्माण गरिएको हो । उक्त पार्क वनटोल सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्छ ।

नमूना मुसहर बस्ती
चन्द्रनिगाहपुरबाट सात किमी कालोपत्रे र एक किमी ग्राभेल छिचोलेर यो बस्ती पुगिन्छ । चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा रहेको करीब पाँच वर्ष अगाडि धुर्मुस–सुन्तली फाउन्डेशनले बनाइदिएको नमूना बस्ती हेर्न मानिसको ठूलो भीड लाग्छ । सन्तपुरका विपन्न परिवारको बास बनाइदिने लक्ष्य अनुसार फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सो बस्ती बनाएका हुन् । एउटै रङ्गले सजिएका घरहरू निकै आकर्षक देखिन्छ । बस्तीमा बनाइएको भ्यूटावरबाट सन्तपुर बासपासका बस्ती र पहाडको दृश्य हेर्न सकिन्छ । दिनहुँ दुई सयको हाराहारीमा मानिस बस्ती हेर्न पुग्छन् । बस्तीभित्र विद्यालय, मन्दिर र खेल्ने सामानहरू राखिएका छन् ।

डाबरी पार्क
चन्द्रनिगाहपुर नगरपालिका–६ स्थित रहेको डाबरी पार्क अर्काे गन्तव्यको रूपमा परिचित छ । यो क्षेत्र पनि वनभोज र घूमघामको लागि प्रख्यात छ । चारैतिर जङ्गलको बीचमा रहेको पार्क हेर्न मानिसको भीड लाग्छ । यसलाई आन्तरिक पर्यटकको रूपमा विकास गर्न सके स्थानीयको आम्दानी बढ्ने मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य धनलाल ठोकर बताउँछन् । सो पार्क क्षेत्रमा रहेको पोखरीमा बा¥है महीना पानी र कोमलको फूल फुल्ने गर्छ ।

पौराई ब्रह्मस्थान
रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराईमा रहेको पौराइ ब्रह्मस्थानको महŒव आफ्नै छ । यहाँ मधेस प्रदेशदेखि भारतका विभिन्न शहरबाट दर्शन गर्न आउने उक्त मन्दिरमा बाक्लो भीड लाग्ने गर्छ । मन्दिरमा विभिन्न भाकल गर्ने भक्तजनहरू आफ्नो मनोकाङ्क्षा पूरा भएपछि बोका बलि दिने र परेवा उडाउने गरिन्छ । यहाँ दशैं तथा विशेष तिथि पारेर भीड लाग्ने गर्ने गरेको स्थानीय देवीप्रसाद सापकोटाको भनाइ छ । यस क्षेत्रको आस्था र विश्वासको देवता भएकै कारण यस मन्दिरमा हरेक दिन नै भीड लाग्ने गरेको छ । पौराई ब्रह्मस्थान पनि जङ्गबहादुर राणासँग जोडिएको छ ।

तिलेश्वर महादेव क्षेत्र
रौतहटको चन्द्रपुर नगरपालिका–३ गैंडाटारको उत्तरी चुरेको फेदीमा रहेको तिलेश्वरनाथ क्षेत्र अहिले पर्यटकहरूको नयाँ गन्तव्य स्थान बनेको छ । तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा चाँदी खोलाको छेउमा रहेको यस पर्यटकीयस्थलमा अहिले वनभोज जाने र घुमफिर गर्नेहरूको सङ्ख्या बाक्लिन थालेको छ । यस वर्षदेखि करीब १२ हेक्टर जमीन ओगटेको सो पर्यटकीय क्षेत्रलाई व्यवस्थित पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको सहयोगमा करीब रु सात करोड लागतमा विभिन्न संरचनाहरू बनाइएको छ । भारत तथा नेपालका पर्यटकलाई आकर्षित गर्न पौडी पोखरी, झोलुङ्गे पुल, भ्यूटावर र होमस्टेको निर्माण गर्न लागिएको तिलेश्वर महादेश सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राजु धामीले जानकारी दिए ।

गोल्मराजा बुद्ध विहार
रौतहटको अर्काे पर्यटकीयस्थल हो, गोल्मराजा बुद्ध विहार । चन्द्रपुर नगरपालिका–१ स्थित गैरीगाउँबाट करीब २० मिनेटको उकालो चढेपछि गोल्मा राजाको दरबार रहेको स्थानमा पुगिन्छ । एकजना बौद्ध भिक्षुले सो स्थानको परिचान गरेर गोल्मराजा बुद्ध विहार निर्माणको अभियान थालेपछि सो स्थान परिचित बन्दै गएको हो । दरबार रहेको स्थानबाट स्थानीयले पुराना पैसा, जाँतो, तरबारलगायतका सामान फेला परेर राखेको चन्द्रपुर–१ का पूर्वअध्यक्ष बिरु रखालले बताए । गोल्मा राजाको दरबार उत्खनन गरेर सो स्थानको विषयमा पुरातŒव विभागलाई जानकारी गराउने सो दरबार कति पुरानो हो भन्ने विषयमा खोजबीन गर्नुपर्ने उनको भनाइ छ ।

दरबार रहेको तल्लो भाग टुँडीखेलमा अहिले गोल्मराजा बुद्ध विहार निर्माणको काम अगाडि बढेको छ । थाइल्यान्डका राजाको सहयोगमा सो स्थानमा रु दुई करोड लागतमा बनेको साढे नौ फिटको बुद्ध मूर्ति स्थापना गरेपछि अहिले सो स्थानमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । बौद्ध
भिक्षु मेधमकरस्थवीर भन्तेको सक्रियतामा सो स्थानमा बौद्ध ध्यान केन्द्रसमेत निर्माणको काम थालनी भएको स्थानीय बासिन्दा गोपाल घिमिरेले जानकारी दिएका छन् । सो स्थानबाट रौतहट र सर्लाहीको हराभरा फाँट देख्न सकिन्छ । बौद्धभिक्षु स्थवीर भन्तेले सो स्थानमा बाइसी–चौबीसी राज्य रहेको तत्कालीन समयमा गोल्मा नामका सेन वंशीय राजाको दरबार रहेको बताउँदै सो स्थानलाई धार्मिक पर्यटकीयस्थल बनाउन आफू लागिपरेको बताए । दरबार रहेको स्थानमा पुराना इँटा, काटिएका ढुङ्गा यत्रतत्र छरिएर रहेका छन् । सो स्थानलाई जीर्णाेद्धार गरेर पर्यटकीयस्थल बनाउन लागिएको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले बताउँछन् ।

शिव मन्दिर
रौतहटको गरुडा–५ मा रहेको शिवनगरमा रहेको शिव मन्दिरको आफ्नै इतिहास छ । यस मन्दिरमा साउन र भदौ महीनामा भारतबाट भक्तजनहरू पूजा गर्न आउँछन् । शिवनगरको शिव मन्दिर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गइरहेको छ ।

यसैगरी, रौतहटको मौलापुरमा रहेको पुराताŒिवक पतौरा महादेव मन्दिर, दुर्गाभगवती गाउँपालिकामा रहेको दुर्गाभगवतीको मन्दिरलगायतका स्थानहरू पर्यटकहरूको रोजाइमा पर्ने गरेका छन् ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्