धर्मेन्द्र चौरसिया, पोखरिया, २३ पुस/
अहिलेको मौसमले बालीहरूलाई फाइदा पुगिरहेको कृषि ज्ञान केन्द्र, वीरगंजका प्रमुख कपिलदेव कुशवाहाले बताएका छन् ।
पुस १३ गतेदेखि पर्सा जिल्लामा हुस्सुसहितको शीतलहर शुरू भएको तर यो शीतलहर नियमित नभएको कारण बालीहरूलाई फाइदा पुगेको प्रमुख कुशवाहाले बताए । पुस १३ गतेदेखि नै एक दिन हुस्सु लाग्ने, चीसो बढ्ने, अर्को दिन घाम लाग्ने, गर्मी हुने भइरहेकाले बालीलाई नोक्सान नपुगेको बताए । उनले नियमितरूपमा एक सातासम्म शीतलहर चलेको खण्डमा तोरीबालीलाई सबैभन्दा बढी क्ष्Fति पुग्ने बताए ।
यसैगरी, आलु र हरिया तरकारी बालीलाई पनि लगातारको चीसोले क्षति पुग्ने तर गहुँ, मकै, दलहन, सुर्ती खेतीलाई भने चीसोले फाइदा पुगिरहेको प्रमुख कुशवाहाले बताएका छन् । अत्यधिक चीसो बढेको खण्डमा आलुखेतीमा डढुवा रोग, हरिया तरकारी र तोरीबालीमा लाई (कीरा) पर्ने र त्यसले बालीलाई नोक्सान गर्ने सम्भावना बढी हुने उनले बताए । पुस महीनाको अन्तिम साता पुगिसक्दा पर्सा जिल्लामा नियमितरूपमा हुस्सु लागेको छैन ।
एक दिन बिराएर घाम लाग्ने गरेको कारण अहिलेको मौसमले बालीलाई नोक्सानी नपुगेको प्रमुख कुशवाहा बताउँछन् ।