प्रस, वीरगंज, २१ पुस/
वीरगंज कपडा बैंकले शनिवार वीरगंज महानगरपालिका–१ र २ स्थित शान्तिटोलमा निश्शुल्क कपडा वितरण गरेको छ । शान्तिटोलमा नयाँ, पुराना गरी करीब साढे पाँच सय थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए ।
वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक सुरेन्द्रप्रसाद कुर्मी, प्रकाश उपाध्याय, वडा सदस्यहरू सङ्गीता भुजेल, रम्भा देवी, बसिर मियाँ, रमावती देवी, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्याँसुद्दीन मियाँ ठकुराई, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, नेपाली समाज छपकैयाका सहसचिव अजित भुजेललगायतको सहभागिता थियो ।