जन्मोत्सवमा दलित विद्यार्थीलाई भोजन, शैक्षिक सामग्री वितरण

प्रस, वीरगंज, १९ पुस/
सिन्धुली जिल्ला, दुधौली नपा–४ पाखाटोल डकाहा निवासी ४४ वर्षीय प्रकाश आचार्यले जन्मदिनमा पर्साका दलित समुदायका बालबालिकालाई भोजन र शैक्षिक सामग्री वितरण गरेका छन् ।

सखुवाप्रसौनी गाउँपालिका–३ कटैयास्थित दलितबस्तीका बालबालिकालाई भोजन गराएर शैक्षिक सामग्री वितरण गरेको पिस फर दलित्स फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए । फाउन्डेशनले सञ्चालन गरेको निश्शुल्क ट्युशनका २१० जना र दलित समुदायका १२० जना गरी ३३० जनालाई मांसाहारी भोजन गराइएको र विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । सो प्रयोजनका लागि आचार्यले फाउन्डेशनलाई रु ४६ हजार सहयोग गरेका थिए । आचार्यले पर्सा जिल्लाका दलित बालबालिकाहरूको लागि बेलाबेलामा आर्थिक सहयोग गर्दै आएको अध्यक्ष रामले बताए । कार्यक्रममा दीपेन्द्र राम, संयोग राम, विनोद रामलगायत सहभागी थिए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्