प्रस, वीरगंज, १९ पुस/
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, पर्साको शुक्रवार सम्पन्न अधिवेशनले यातायात व्यवसायी सुमन श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
आज भएको अधिवेशनले अध्यक्षमा श्रेष्ठसमेत उपाध्यक्ष मन्जुर आलम, सचिव भुपेन्द्र साह, सहसचिव अलि हुसेन र कोषाध्यक्ष महेशकुमार दाससमेत नौ सदस्यलाई सर्वसम्मत चयन गरेको हो । सङ्घका अध्यक्ष विजय शर्माको अध्यक्षतामा भएको अधिवेशनमा एमाले पर्साका सचिव महेश दास, सङ्घका केन्द्रीय सदस्य जगरनाथप्रसाद कलवार, विनोद मानन्धरलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।