कृषिमन्त्री क्षत्रीद्वारा कृषि औजार कारखानाको निरीक्षण, कृषि उपकरण प्रदेश सरकारले खरीद गर्ने आश्वासन

प्रस, वीरगंज, १६ पुस/ मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षत्रीले बुधवार कृषि औजार कारखाना वीरगंजको स्थलगत निरीक्षण गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रले दुई दशकदेखि बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याएपछि मन्त्री क्षत्रीले आज सोको अवस्थाबारे स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणको क्रममा उनले राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरूसँग उत्पादित कृषि सामग्रीबारे […]

चुरियामाई सुरुङमार्ग सर्वसाधारणको लागि खुला

बलिराम शुक्ला, बिरुवागुठी १७ पुस/ मकवानपुर जिल्लामा रहेको ऐतिहासिक चुरियामाई सुरुङमार्ग मरम्मत सम्भारपछि सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने करीब १०० वर्ष पुरानो सुरुङ मार्ग मरम्मतपश्चात् सञ्चालनमा आएको हो । १९९० सालको भूकम्पमा चुरियामाई सुरुङ मार्गको चालीस खण्ड भत्किएको थियो । त्यसलाई बाग्मती प्रदेश सरकारले मरम्मत–सम्भार गरेपछि अहिले […]

विद्यार्थीलाई सरसफाइ र वृक्ष्Fारोपणसम्बन्धी प्रशिक्षण

प्रस, वीरगंज, १६ पुस/ ग्रीन सिटी सामुदायिक सेवा केन्द्र वीरगंजको आयोजनामा बुधवार वीरगंज महानगर–४ बिर्तास्थित त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माविका विद्यार्थीहरूलाई सरसफाइ, वृक्षारोपणबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानले बुधवार तेस्रो चरणको सरसफाइ तथा वृक्षारोपण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको बताए । उनले वीरगंजको गौतम मावि, हरि खेतान बहुमुखी क्याम्पसपछि […]

जनमत पार्टीले मनायो धोती दिवस

प्रस, वीरगंज, १७ पुस/ अङ्ग्रेजी नयाँ वर्षको दिन बुधवार जनमत पार्टीका नेता कार्यकर्ताले राष्ट्रिय धोती दिवस मनाएका छन् । धोती, कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले -याली निकालेर नगर परिक्रमा गरेका थिए । -यालीपछि घण्टाघरचोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसीको पहिचान मात्र […]

भारतीय पर्यटकले भरियो ठोरी

चिरञ्जीवी सापकोटा, ठोरी, १७ पुस/ नयाँ वर्ष २०२५ मनाउन ठोरी आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लागेको थियो । नयाँ वर्ष मनाउन प्रत्येक वर्ष ठोरीमा नेपालको बारा, पर्सा रौतहट, सर्लाहीलगायत स्थान तथा भारतको विभिन्न स्थानबाट पर्यटक आउने गर्दछन् । यस वर्ष नयाँ वर्ष मनाउन ठोरी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ठोरी गाउँँपालिकाले टीका र ढाकाटोपी […]

२३ जनाको मोतियाबिन्दुको निश्शुल्क शल्यक्रिया

प्रस, वीरगंज, १६ पुस/ वीरगंज सामुदायिक आँखा अस्पतालमा हिजो २३ जनाको मोतियाबिन्दुको निश्शुल्क शल्यक्रिया गरिएको छ । साहेब दरबारको आयोजनामा यही पुस १३ गते वीरगंज महानगर–२१ ताजपुरमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको थियो । सो शिविरमा १६५ जनाको आँखा परीक्ष्Fण भएको र ३८ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । उनीहरूमध्ये २३ जनाको हिजो मङ्गलवार राति […]

अङ्ग्रेजी नयाँ वर्षमा भाटभटेनीमा अत्यधिक भीड, एक दिन लाखौंको कारोबार, साना पसलेहरू मारमा

प्रस, परवानीपुर, १६ पुस/ अङ्ग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा वीरगंजको विभिन्न पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड बढेको छ । वीरगंजको गहवामाई मन्दिर, घडिअर्वा पोखरी, भिस्वा डाँडा, शङ्कराचार्यद्वारसँगै सपिङ र घुमफिरको लागि नयाँ गन्तव्य स्थलको रूपमा चिनिदै गएको वीरगंज–१४ गण्डकस्थित भाटभटेनी सुपरमार्केटमा समेत भीड बढेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूले धार्मिक […]

वीरगंजमा तीन–चार दिन चीसो अत्यधिक बढ्ने

प्रस, परवानीपुर, १६ पुस/ मध्यतराईको पर्सा, बारा, रौतहटमा आगामी तीन–चार दिन चीसो अत्यधिक बढ्ने बताइएको छ । बुधवारको वीरगंजको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम २२.५ रहेको छ । जबकि मङ्गलवार न्यूनतम तापक्रम ९.५ र अधिकतम १८.५ डिग्री सेल्सियस रहेको थियो । दुई तीन दिनदेखि लगातार अचानक तापक्रम कम भएको र अबको […]

दलित बालबालिकालाई ज्याकेट वितरण

प्रस, वीरगंज, १६ पुस/ हिन्दू जागरण नेपाल र नेपाल विश्व हिन्दू महासङ्घले पकहामैनपुर गाउँपालिकामा १५० जना दलित बालबालिकालाई ज्याकेट वितरण गरेको छ । चीसो मौसमलाई मध्यनजर गर्दै हिन्दू जागरण नेपालका ध्रुवप्रसाद लुइँटेल र पं. रामकृष्ण उपाध्यायको समन्वयमा न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रममा हिन्दू महासङ्घका विजयप्रकाश निषाद, अभिषेक तिवारी र विशाल झालगायतको सहभागिता थियो […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्