अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सिडिसी

न्युयोर्क, १७ पुस/सिन्ह्वा
संयुक्त राज्य अमेरिकाभरि असामान्यरूपमा नोरोभाइरस प्रकोपले ठूलो सङ्ख्यामा मानिसलाई बिरामी पारिरहेको रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ ।

पछिल्लो उपलब्ध तथ्याङ्क अनुसार डिसेम्बरको पहिलो साता ९१ जनामा नोरोभाइरस पुष्टि भएको छ । यो हालैका वर्षहरूमा सोही हप्तामा सिडिसीद्वारा रेकर्ड गरिएको सङ्ख्याभन्दा बढी हो ।

यसले कोभिड–१९ महामारी अघिका रेकर्ड गरिएका सङ्ख्या पनि नाघेको छ । नोरोभाइरस प्रकोपले प्रतिवर्ष देशभरि झन्डै १९ देखि २१ लाख मानिसलाई बिरामी पार्छ । यसले अप्रिय ग्यास्ट्रोइंटेस्टाइनल लक्षण निम्त्याउन सक्छ ।

यस महीना, लस एन्जलसको एक रेस्टुरामा नोरोभाइरसबाट कम्तिमा ८० जना बिरामी परेका थिए ।

पूmड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले ‘ओइस्टर’ नखान सल्लाह दिएको छ । ओइस्टर समुद्री वासस्थानमा बस्ने विभिन्न परिवारहरूको लागि साझा नाम हो । रासस

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्