मधेसको विकास एमालेले गरेको थियो, फेरि पनि गर्छ –प्रधानमन्त्री ओली

प्रमोद यादव, पंचगावाँ, १४ पुस/ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको सामाजिक र आर्थिक विकास एमालेले गर्ने दाबी गरेका छन् । पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको दीपनारायण मावि, पंचगावाँअगाडिको खुला मैदानमा आइतवार आयोजित आमसभामा प्रधानमन्त्री ओलीले देशमा राजनीतिक क्रान्ति समाप्त भइसकेको र अब आर्थिक उन्नतिका काममा सरकार लागिपरेको भन्दै सबै दललाई आर्थिक क्रान्तिमा […]

इबी साँध्न रुम्बाको हत्या

प्रस, वीरगंज, १४ पुस/ जिल्ला प्रहरी कार्यालय, बाराले आइतवार पत्रकार सम्मेलन गरी राजकुमार रूम्बाको हत्या सम्बन्धमा हालसम्म भएको प्रगतिबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा रूम्बा हत्या घटनामा अहिलेसम्म तीनजना पक्राउ परेको बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनले रूम्बाले चलाएको कारको धनी जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका–३ घर भई राष्ट्रिय […]

ठोरी गापामा जङ्गली जनावरको आतङ्क बढ्दो, जङ्गली जनावरले सुर्तीबाली पनि छाडेनन्

माधव तिमिल्सीना, ठोरी, १३ पुस/ कहिले हात्तीको आतङ्क अनि कहिले बाघबाट ज्यान जोगाउन धौधौ हुने ठोरीवासीको पीडा नै हो । खोरमा झम्टिएर बाघले बाख्रा नै लैजाने गरेको त हिसाबकिताब नै हुन छाडिसक्यो ठोरीमा । ठोरीवासीलाई जङ्गली जनावरबाट ज्यान मात्र जोगाएर पुग्दैन, वर्षभरि खानुपर्ने अन्नबाली पनि जोगाउनुपर्ने ठूलो चुनौती छ । जाडोयाम शुरू भएसँगै ठोरीमा जङ्गली […]

छिपहरमाईमा धर्ना

सुग्रीव साह, भिस्वा, १४ पुस/ छिपहरमाई गाउँपालिका कार्यालयअगाडि आइतवार स्थानीयहरूले दुई घण्टा धर्ना दिएका छन् । यही पुस ७ गते स्थानीय सङ्घर्ष समितिले गापाले गरेका कार्यहरूको सूचना माग गरेको थियो । सात दिन बित्दा पनि सूचना उपलब्ध नगराएको भन्दै आज दुई घण्टा धर्ना दिइएको थियो । सङ्घर्ष समितिले सात वर्षको आर्थिक, सामाजिक विकासका योजनाहरू सार्वजनिक […]

देशभक्त राजभक्त समूहले राजा वीरेन्द्रको जन्मजयन्ती मनायो

प्रस, वीरगंज, १४ पुस/ देशभक्त राजभक्त समूह पर्साले राजा वीरेन्द्र वीर विक्रम शाहको ८०औं जन्मजयन्ती मनाएको छ । वीरगंज महानगर–६ महावीर मन्दिर प्राङ्गणमा कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाएको हो । कार्यक्रममा समूहका अध्यक्ष दीपेन्द्रप्रसाद रौनियार, उपाध्यक्ष सतीशकुमार श्रीवास्तव, अब्दुल सतार अन्सारी, वीरेन्द्र थापा, अञ्जु राणा, जनकलाल साह, पृथ्वी झा, धु्रवसिंह ठकुरी, रविकुमार लाठलगायतले राजा वीरेन्द्रबारे […]

नेराआवि टिकुलियामा शिक्षक र पूर्वाधारको अभाव

प्रस, पंचगावाँ, १४ पुस/ नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्सागढी नगरपालिका–७ टिकुलियामा बालविकास र कक्षा १ देखि ८ सम्म २७५ जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक मनोज यादवले बताए । प्रअ यादवले निमावि तह कक्षा ८ सम्म अध्ययन भइरहेकामा निमावि तहमा शिक्षकको दरबन्दी नभएकोले प्राथमिक तहका दरबन्दीका शिक्षकको भरमा कक्षा ८ सम्म अध्यापन भइरहेको जानकारी गराएका छन् […]

लागूऔषधसहित महिला पक्राउ

प्रस, वीरगंज, १४ पुस/ जिल्ला प्रहरी कार्यालय, बाराले लागूऔषधसहित एकजना महिलालाई नियन्त्रणमा लिएको छ । गएराति ११ः३० बजे जीतपुरसिमरा उपमहानगर–१ पथलैयाचोकमा प्रहरीले गौरबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस चेकजाँच गर्दा डिक्कीमा लुकाइराखेको नोरफिन, डाइजोपाम, फेनारगन ३६०० थान बरामद भएको र बसमा सवार रौतहट कटहरिया नगरपालिका–७ बस्ने २१ वर्षीया मुस्कानकुमारी दासलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता […]

लायन्स सिटीद्वारा आँखा शिविर

प्रस, वीरगंज, १४ पुस/ लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजनामा आइतवार वीरगंज महानगर–१६ स्थित अनामिका चाइल्ड भिजन स्कूलमा आँखा तथा दाँत शिविर सम्पन्न भएको छ । लायन्स सिटीका भ्वाइस डिस्ट्रिक गभर्नर रामबिहारी पाण्डेले शिविरको उद्घाटन गरेका थिए । एभरेस्ट दन्त क्लिनिक र किरण आँखा अस्पतालको सहकार्यमा आयोजित शिविरमा पिजीदेखि कक्षा २ का १२० जना […]

नेपाल र भारतका सशस्त्र सीमा बलबीच बैठक

प्रस, निजगढ, १४ पुस/ सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बलबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा सीमा सुुरक्षा, अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषध नियन्त्रण, सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो । बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्