चार दशकदेखि बुलबुले तालको अवस्था जस्ताको त्यस्तै

प्रमोद यादव, पंचगावाँ, ८ पुस/ पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर टाँडीस्थित बुलबुले ताल संरक्षणको अभाव झेल्दै आएको छ । करीब चार दशकदेखि अस्तित्वमा रहेको बुलबुले तालको स्वरूप अहिले सामान्य परिवर्तन भएपनि पुरानै अवस्थामा छ । पुरानो बुलबुले तालको पूर्वपट्टि अहिले भवरीमाई मन्दिर निर्माण गरिएको छ । त्यसैगरी, पूर्वपट्टि नै थारू सङ्ग्राहलयको निर्माण कार्य हुँदैछ । पश्चिमतर्फ पार्क […]
महानगरसँग लोककल्याणकारी विज्ञापनको भुक्तानी माग

प्रस, वीरगंज, ८ पुस/ नेपाल पत्रकार महासङ्घ, पर्साले सोमवार वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई लोककल्याणकारी विज्ञापनको भुक्तानीको लागि आग्रह गरेको छ । शाखा उपाध्यक्ष नीलिमा पौडेल, सचिव विजय चौहान, सदस्यद्वय राहुल गुप्ता, अजित भुजेल सम्मिलित टोलीले प्रमुख प्रशासकीय अधिकृत कर्णलाई भेटेर महानगरपालिकाले रोकेको लोकल्याणकारी विज्ञापन भुक्तानीको लागि लिखितरूपमा आग्रह गरेको थियो । महासङ्घ, […]
गापाले अनुदान दिएन, अभिभावकको शुल्क फिर्ता भएन

प्रस, पोखरिया, ८ पुस/ पटेर्वासुगौली गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूसँग शुल्क लिएर परीक्षा सम्पन्न गराएका छन् । हालै सम्पन्न अर्धवार्षिक परीक्षामा बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीहरूसँग क्रमशः रु १० देखि १०० सम्म परीक्षा शुल्क लिइएको थियो । स्थानीय रामजनम चौधरीले नगरपालिका मातहतका सामुदायिक विद्यालयहरूमा कुनै पनि प्रकारको शुल्क नलिन भनेर आन्दोलन गरेको र पालिकाले शुल्क […]
बहुदरमाईमा आरोप–प्रत्यारोप बढ्दो

प्रस, वीरगंज, ८ पुस/ बहुदरमाई नगरपालिका अहिले अशान्त भएको छ । पछिल्लो घटनाक्रममा विद्यार्थीहरूले अर्धवार्षिक परीक्ष्Fाको लागि नगरपालिकाले वातावरण तयार नगरेको भन्दै पुस ५ गते शुक्रवार नगरपालिका कार्यालयको फर्निचरलगायतका सामानमा आगजनी गर्दै लाखौंको क्षति पु¥याएका थिए । अहिले यो घटनाक्रममा बहुदरमाई नपाका प्रमुख सिंगासन साहले प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाका कारण नगरपालिकामा अशान्ति फैलाउने काम […]
एक वर्षमा २०६ वटा मानव अधिकार उल्लङ्घनका घटना

नितेश कर्ण, वीरगंज, ८ पुस/ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीले वार्षिक पूर्वसमीक्षा गोष्ठी गरेको छ । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इन्सेक प्रतिनिधि बुधन साहले सर्लाही जिल्लामा २०८० पुस १७ देखि २०८१ पुस ३ गतेसम्म २०६ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरू भएको बताए । उनले ३४ जना महिला […]
सिम्रौनगढमा हरिया तरकारी सस्तिए

रामेश्वर मेहता, सिम्रौनगढ, ८ पुस/ हरिया तरकारीको लागि चर्चित बाराको सिम्रौनगढ, पचरौता नगरपालिकालगायत क्षेत्रमा अहिले हरिया तरकारीहरू सस्ता हुँदैछन् । पर्सा, बारा, रौतहट, मकवानपुर, काठमाडौंसम्म निर्यात हुने यहाँका हरिया तरकारीहरूको मूल्य असोज ११ र १२ गतेको बाढीपछि बढेको थियो । त्यसपछि गढीमाई मेलामा हरिया तरकारीको मूल्य झनै आकाशियो । मङ्सिर २४ गते बलिदान सकिएसँगै अहिले […]
चिनियाँ चिकित्साले उपचार प्रणालीलाई समृद्ध बनायो– मन्त्री गुप्ता

प्रस, काठमाडौं, ८ पुस/ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र चिनियाँ राजदूत छेन सोङले ‘परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’को संयुक्तरूपमा उद्घाटन गरेका छन् । कार्यक्रममा मन्त्री गुप्ताले परम्परागत चिनियाँ चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए । ‘मानव शरीर, प्रकृति र ऊर्जा (क्युआई)को सन्तुलनमा यो विधि आधारित छ । […]
अन्तरविद्यालय फूटबलः मालिनी एकेडेमी विजयी

प्रस, वीरगंज, ८ पुस/ शङ्करलाल केडिया मेमोरियल अन्तरविद्यालय फूटबल प्रतियोगिताको सोमवार दोस्रो दिन भएको खेलमा मालिनी एकेडेमीले नेपाल काभेरी एकेडेमीलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको छ । यस खेलको ‘म्यान अफ दी म्याच’ मालिनी एकेडेमीका सुदीपसाद राउत थारू घोषित भएका थिए । डिएभी रुक्मिणी बनारसी केडिया स्कूलले आयोजना गरेको प्रतियोगितामा वीरगंजका १२ वटा विद्यालय […]
२०८१ पुस ०९ गते मङ्गलवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला
बिपीलाई बिर्सेको काङ्ग्रेस

• राजेन्द्रप्रसाद कोइराला बिपी कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री थिए । नेपालमा सन् १९५९ मा भएको पहिलो आम निर्वाचनमा उनको पार्टी नेपाली काङ्ग्रेसले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत ल्याएको थियो । बिपीका प्रगतिशील नीति र कार्यक्रमबाट त्यस बेलाका राजा महेन्द्रलाई खपी नसक्नुभयो र १५ डिसेम्बर, १९६० मा १८ महीनाको प्रजातान्त्रिक सरकारलाई ‘कु’ गरेर सत्ता आप्mनो हातमा […]