प्रस वीरगंज, ९ पुस/
पर्साका नेताहरूले जनतालाई झूटो बोलेर झुक्याउने गरेको पुष्टि भएको छ । मङ्सिरको पहिलो सातामा सामाजिक सञ्जालमा पोखरिया अस्पतालको स्तरोन्नति भएको भन्दै नेताहरूले भ्रम फैलाएका थिए ।
पोखरिया नपाका नगरप्रमुख प्रद्युम्न चौहान, सङ्घीय मन्त्री राजकुमार गुप्ताको निजी सचिवलगायत प्रदेशका मन्त्रीका समर्थकलगायतले पोखरिया अस्पतालको स्तरोन्नति गर्न आफूहरूको योगदान रहेको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलाएका थिए ।
शुक्रवार मन्त्रिपरिषद्को बैठकले पोखरिया अस्पताल ५० शøयाको स्तरोन्नति गरेको छ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवले फेसबूकमा स्टाटस लेख्दै पोखरिया अस्पतालको स्तरोन्नति भएको मन्त्रिपरिषद्ले निर्णय गरेको बताएका छन् । स्वास्थ्यमन्त्रीको प्रस्ताव तथा प्रधानमन्त्रीको निर्देशनमा पोखरिया अस्पताललाई ५० शøया बनाउने निर्णय भएको मन्त्री यादवले जानकारी गराए । मधेस प्रदेश सरकारको आव २०८०/८१ को नीति तथा कार्यक्रमको बुँदा नं १०३ मा स्तरवृद्धि गर्ने आधारमा आज सो निर्णय भएको बताइएको छ ।
पोखरिया अस्पतालको स्तरवृद्धि भएको भन्दै एक महीना अघि फेसबूकमा मन्त्री तथा नेताहरूले झूटो प्रचार गरेकामा आज उनीहरूले फेसबूक स्टाटस पनि डिलिट गरेका छन् ।