बहुदरमाई नपामा विद्यार्थीहरूको प्रदर्शन, कार्यालय तोडफोड/आगजनी, लाखौंको क्षति

प्रस, वीरगंज, ५ पुस/ बहुदरमाई नगरपालिकास्थित नेरामावि डोकैला बहुअरीलगायतका विद्यार्थीहरूले नगरपालिका कार्यालयमा तोडफोड, आगजनी गरेर लाखौं मूल्यको क्षति गरेका छन् । बहुदरमाई नपा अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीहरूले हिजो बिहीवार दोस्रो त्रैमासिक परीक्षामा विलम्ब भएको भन्दै आन्दोलन गरेका थिए । प्रत्येक तीन महीनामा लिनुपर्ने परीक्षा अन्तर्गत दोस्रो त्रैमासिक परीक्षा शुरू नगरिएको भन्दै उनीहरूले हिजो आन्दोलन गरेको […]

पोखरिया अस्पतालको स्तरोन्नति आज भयो, यस अघि यश लिनेहरूले भ्रम फैलाए

प्रस वीरगंज, ९ पुस/ पर्साका नेताहरूले जनतालाई झूटो बोलेर झुक्याउने गरेको पुष्टि भएको छ । मङ्सिरको पहिलो सातामा सामाजिक सञ्जालमा पोखरिया अस्पतालको स्तरोन्नति भएको भन्दै नेताहरूले भ्रम फैलाएका थिए । पोखरिया नपाका नगरप्रमुख प्रद्युम्न चौहान, सङ्घीय मन्त्री राजकुमार गुप्ताको निजी सचिवलगायत प्रदेशका मन्त्रीका समर्थकलगायतले पोखरिया अस्पतालको स्तरोन्नति गर्न आफूहरूको योगदान रहेको भन्दै सामाजिक सञ्जालमा हल्ला […]

युथ अफ निजगढमार्फत छात्रवृत्ति प्रदान

प्रस, निजगढ, ५ पुुस/ युथ अफ निजगढमार्फत दुईजना छात्रछात्रालाई शुक्रवार छात्रवृत्ति प्रदान गरिएको छ । जनकल्याण आधारभूत विद्यालय, निजगढ–४ बागदेवमा कक्षा ५ मा अध्ययनरत प्रतिमा ढुङ्गानालाई एक वर्ष र सोही विद्यालयको कक्षा ७ मा अध्ययनरत मनीष सिंगारालाई दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिएको क्लबका अध्यक्ष कमल बजगाईंले बताए । निजगढ नपा–४ बागदेव निवासी हाल अमेरिकामा […]

अतिरिक्त क्रियाकलापको विकास हुनुपर्छ –रुँगटा

प्रस, वीरगंज, ५ पुस/ संविधानसभा सदस्य अनिल रूँगटाले विद्यार्थीहरूमा पढाइको अलावा अतिरिक्त क्रियाकलापप्रति ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । लाइभ इभेन्ट एन्ड म्यानेजमेन्ट वीरगंजले आयोजना गरेको युथ फेस्ट प्रतियोगिताको शुक्रवार उद्घाटन गर्दै उनले शिक्षासँगै गायन, नृत्य, बहस जस्ता विषयमा पनि विद्यार्थीहरू अगाडि आउनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष ओमप्रकाश खनाल, राघव साहलगायतले […]

प्रसौनीमा नगरप्रहरीलाई १५ दिने तालीम

प्रस, वीरगंज, ५ पुस/ बाराको प्रसौनी गाउँपालिकाले नगरप्रहरीहरूलाई १५ दिने तालीम शुरू गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुमीत रौनियारले पुस ३ देखि १८ गतेसम्म १५ दिने तालीम शुरू भएको बताए । उनले नगरप्रहरीको भूमिका, काम, कर्तव्य र अधिकार, निर्णय कार्यान्वयनको कानूनी, प्रशासनिक तथा प्राविधिक पक्षलगायतका विषयमा आधारभूत तालीम प्रदान गरिने जानकारी गराए । नगरप्रहरी […]

सानिमा बैंकको आयोजनामा २५ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, ५ पुस/ सानिमा बैंकको स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा आठजना महिलासहित २५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रजनी गुरुङ, अनुपकुमार पटेल, सागर विक्रम शाह, मनीष सोनी, प्रिन्स श्रीवास्तव, हिमेशकुमार साह, सुरजकुमार झा, सुरजकुमार पटेल, उमेशकुमार गुप्ता, सागरकुमार साहलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्रमुख सौरभराज पाण्डेयले बताए । कार्यक्रममा अभिलाषकुमार […]

९७ किलो गाँजासहित दुईजना पक्राउ

प्रस, वीरगंज, ५ पुस/ जिल्ला प्रहरी कार्यालय, बाराले ९७ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्ष्Fक प्रकाश लम्सालले इलाका प्रहरी कार्यालय, अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्ष्Fक टेकबहादुर कार्की नेतृत्वको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुल टावरडाँडाको बिरुवा खोलाको झाडीमा लुकाइराखेको अवस्थामा ९७ किलो गाँजा बरामद गरिएको बताए । […]

पोखरियामा निश्शुल्क आँखा शिविर

प्रस, वीरगंज, ५ पुस/ लायन्स क्लब र हौसला फाउन्डेशनको आयोजनामा शुक्रवार एक दिने निश्शुल्क आँखा शिविर पोखरियामा सम्पन्न भएको छ । शिविरमा ५७ जनाको आँखा परीक्ष्Fण गरिएको थियो । जसमध्ये ३५ जनामा मोतीबिन्दु फेला परेको थियो । मोतीबिन्दु भएकाहरूलाई आज वीरगंजस्थित सामुदायिक आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया गरी पठाइएको लायन्स क्लबका अध्यक्ष्F सलमा खातुनले बताइन् । […]

लायन्सको आयोजनामा मेहदी प्रतियोगिता

प्रस, वीरगंज, ५ पुस/ लायन्स क्लब अफ वीरगंज मेट्रोसिटी र संस्कृति गोल्डको आयोजनामा बिहीवार वीरगंज–३ छपकैयास्थित ग्रीनल्यान्ड स्कूलमा मेहदी प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ५–८ का १९ जना छात्रा प्रतियोगितामा सहभागी थिए । उनीहरूमध्ये रुक्सार खातुन प्रथम, शहजादी खातुन द्वितीय र सुबी खातुन तृतीय भएका थिए । विजयी छात्राहरूलाई कार्यक्रमका प्रमुख अतिथि […]

परालमा आगलागी

प्रस, सर्लाही, ५ पुस/ सर्लाही जिल्ला कविलासपुर नगरपालिका–३ दिनघरामा आगलागी हुँदा डेढ बिघामा रहेको धानको पराल जलेर नष्ट भएको छ । हिजो राति ८ बजे आगलागी भएको र स्थानीय रामचन्द्र ठाकुरको एक बिघा र रामधनी रायको १० कट्ठामा रहेको धानको पराल जलेर नष्ट भएको स्थानीय मुकेश ठाकुरले बताए । ठाकुर र रायले आधारभूत विद्यालय छेउमा […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्