आप्रवासी र आन्तरिक आप्रवासन

• सञ्जय साह मित्र

आधुनिक युगमा मानिसको खुट्टा एक ठाउँमा स्थिर रहँदैन भनिन्छ । मानिस डुलुवा प्राणी पनि हो । मानिस डुलिरहन मन पराउनुका पछाडि धेरै कारण छन् । समाजमा एउटा कथन प्रचलित छ– डुल्नाले ठाउँ हेरिन्छ र स्वाद फेरिन्छ । यसलाई पर्यटनको अर्थमा पनि लिने गरिन्छ । पर्यटनभन्दा मानिस अन्य कारणले पनि एक ठाउँबाट अर्को ठाउँ जाने गर्दछन् । आजीविका सबैभन्दा ठूलो कारण भएको छ हाम्रो समाजमा । आजभोलि मानिस आजीविकाको क्रममा एक देशबाट अर्को देश गइरहेका छन् । आजीविकालाई सङ्क्षेपमा रोजगार मान्न सकिन्छ । रोजगारको खोजी अहिलेको निकै ठूलो आवश्यकता भइसकेको छ । मानिसहरू जहाँतहाँ रोजगारका लागि गइरहेका छन् । जहाँ रोजगारको कुनै सम्भावना देख्दछन्, मानिसहरू पुग्न शुरु गरिहाल्छन् । यो बाध्यता हो वा रहर वा अहिलेको समयमा मानवीय प्रवृत्ति नै हो, भनिहाल्न सजिलो छैन ।

रोजगारका लागि कोही बाहिर जाँदा कति टाढा वा कुन देशमा गइरहेको छ भन्ने कुराले पनि महŒव राख्दछ । देशभित्र पनि कति समयको लागि रोजगारको खोजीमा गएको हो भन्ने कुरोले प्रभाव पार्दछ । कृषि मजदूरहरू देशभित्रै एक ठाउँबाट अर्को ठाउँ जाने गरेका छन्, अल्पकालीन रोगजारको खोजीमा । कतिपय अवस्थामा त्यो अर्को ठाउँ, एउटै जिल्ला वा प्रदेश पनि हुन सक्छ । बढी कृषि मजदूर आप्mनै प्रदेशमा अल्पकालीन वा मौसमी रोजगारको खोजीमा निस्कन्छन् । कुनै निश्चित हुँदैन, कसको खेतमा काम गर्नुपर्छ तर कामको खोजीमा निस्केपछि काम भने पाइन्छ भन्ने विश्वास यस्ता मजदूरहरूमा हुन्छ । त्यति बेलासम्म काम गर्दछन्, जति बेलासम्म आप्mनो गाउँठाउँमा कामको चाप हुँदैन । जब आप्mनै खेतबारीमा कामको समय आउँछ वा घरमैं बसेर पनि विभिन्न मानिसको खेतमा पुगेर काम गर्न सकिन्छ भन्ने हुन्छ तब बालबच्चा र परिवारको साथ कृषि मजदूरहरू बाहिरभन्दा अपेक्षाकृत कम नै ज्याला भए पनि काम गर्छन् । घरपरिवारका सदस्यहरू एक ठाउँमा साँझ–बिहान बस्न पाउनु अनि कम ज्याला नै प्राप्त गरे पनि सन्तोष मान्नु कृषि मजदरहरूको सुखद पक्ष हो ।

अल्पकालको लागि अर्थात् केही महीनाको लागि कृषि मजदूर भारतको विभिन्न प्रान्तसम्म पनि पुग्दछन् । अनि कृषि कर्म सिध्याएर पुनः आप्mनै थलो फर्कन्छन् । यस प्रकारका कृषि मजदूरहरूले विभिन्न ठाउँमा कामको लागि घरभन्दा बाहिर गइरहनु पर्दाको अवस्थालाई कहीं कतैबाट आप्रवासको उपमा दिएको पाइन्न । यस किसिमका कृषि मजदूरहरू आप्रवासी होइनन् । यस किसिमका मजदूरहरूबारे खासै चर्चा भएको पनि पाइँदैन । अल्प समयका लागि घरपरिवार छाडेर विभिन्न ठाउँमा कामको खोजी गर्ने र मुख्य सिजनमा आप्mनै घर फर्कने कृषि मजदूरहरूको आर्थिक तथा भौतिक अवस्थाबारे खासै अध्ययन भएको पनि पाइएको छैन । कृषि मजदूरको अवस्था तथा स्थितिबारे विभिन्न कोणबाट मूल्याङ्कन हुनु उचित हुन्छ ।

सामान्यतया आप्रवासी ती हुन्, जो आप्mनो देश छाडेर अर्को देश पुगेका छन्, त्यहीं बसोवास पनि गरेका छन् तर त्यहँको नागरिकता लिएका छैनन् वा त्यहाँको नागरिक भइसकेका छैनन् । विदेशमा बस्ने त्यस्ता मानिसहरू जो त्यहाँको नागरिक होइनन्, ती आप्रवासी हुन् । मुख्यतः रोजगार, व्यापार तथा परिवारका सदस्यसित बस्ने कारणले मानिसहरू आप्रवासी बन्दछन् । यसैगरी प्राकृतिक आपदा, गरीबी, द्वन्द्व र अन्य कारणले पनि मानिस आप्रवासी बन्दछन् । आप्रवासीको चाहना हुन्छ कि जुन ठाउँमा बसेको छु, त्यहाँको नागरिक बनूँ । रोजगार, व्यापार वा अन्य पेशा अँगालेका तर परदेशमा रहेकाले, त्यहाँको नागरिक बन्न चाहने अभिलाषा राखेका हुन्छन् । आप्mनो मूल निवास छाडेर अन्यत्र गएका मानिस पनि आप्रवासी हुन् । आप्रवासनको क्षेत्र आप्mनै देशको सीमा वा बाहिर पनि हो । यसरी देशको एक ठाउँबाट अर्को ठाउँ, जहाँ आफ्नो भूमिभन्दा फरक परिवेश छ, बसोवास गर्न वा नागरिक बन्न चाहन्छन् भने यस अवस्थालाई आन्तरिक आप्रवासन भन्न सकिन्छ । आन्तरिक आप्रवासको पनि ज्यादै ठूलो क्षेत्र रहेको देखिन्छ ।

आप्रवासीको संसार निकै ठूलो छ । विश्वका करीब ३.६ प्रतिशत मानिस आप्रवासी हुन् । संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा समाजिक मामिला विभागका अनुसार सन् २०२० मा दुनियाँमा करीब २८१ मिलियन अन्तर्राष्ट्रिय आप्रवासी थिए । संसारको सबैभन्दा बढी आप्रवासी भएको देश भारतलाई मानिएको छ । भारतका १ करोड ७५ लाख मानिस अमेरिकामा छन् भन्ने अनुमान छ । यो पनि भनिन्छ कि भारतबाट अन्य देशमा गएका भारतीयहरूको सङ्ख्या १६ मिलियन छ । यो त्यस्तो जनसङ्ख्या हो जुन भारतबाट बाहिर छ र त्यहीं जन्मेको छ । अनि आप्रवासीबारे जानकारी लिन चाहनेको लागि यो तथ्य पनि रोचक हुन जान्छ कि विश्वका सबै आप्रवासीमध्ये पचास प्रतिशत आप्रवासी केवल दश देशमा छन् अनि गत पच्चीस वर्षको आप्रवासीको तथ्याङ्क विश्लेषण गर्ने हो भने करीब बीस प्रतिशत आप्रवासी केवल अमेरिकामा छन् । कतिपय तथ्याङ्कले सबैभन्दा बढी आप्रवासी युएईमा रहेको देखाएको छ । युएई अर्थात् संयुक्त अरब इमिरेट्समा त्यहाँको जनसङ्ख्याको करीब अठासी प्रतिशत आप्रवासी छन् ।

पछिल्ला केही वर्षमा विश्वमा द्वन्द्वका ठूल्ठूला घटनाहरू भएका छन् । युक्रेनमाथि रूसको आक्रमण तथा इजरायलसित विभिन्न देशको द्वन्द्वले आप्रवासको समस्या निकै बढेको देखिएको छ । के भनिन्छ भने युक्रेनमाथि रूसको आक्रमणको कारण सन् २०२२ को अन्त्यसम्म करीब ५.७ मिलियन युक्रेनियन निर्वासित हुन बाध्य भए । युक्रेन सिरियापछि शरणार्थीहरूको दोस्रो ठूलो देश बनेको पनि स्मरणीय छ । अफगानिस्तान, इथियोपिया, सुडान, यमनमा लामो समयसम्म चलेका वा चलिरहेका सङ्घर्षका कारण विश्वको राजनीतिमा निकै छिटो प्रभाव पारेको र यस्ता सङ्घर्षले मानिसलाई आप्mनो थातथलो छोड्न बाध्य हुनुपरेका तथ्याङ्कहरू बारम्बार चर्चामा आइरहेका छन् ।

विद्यार्थी पनि आप्रवासीको निकै ठूलो हिस्सा हो । विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई विचार गर्ने हो भने निकै कम विद्यार्थी फर्केर आउँछन् । जहाँ पढ्न जान्छन् त्यहीं रोजगार खोज्न उत्प्रेरित हुन्छन् । यसलाई यसरी पनि भन्न सकिन्छ कि विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूमा अध्ययनसँगै काम पनि गर्ने लालसा हुन्छ । बरु अध्ययन नहोस्, काम चाहिं खोज्नुपर्छ भन्ने सोच अभिभावक तथा विद्यार्थी दुवैको रहेको हुन्छ । सन् २००१ लाई विचार गर्ने हो भने विश्वव्यापी विद्यार्थी आप्रवासको सङ्ख्या २.२ मिलियनभन्दा केही बढी थियो तर सन् २०२१ लाई यही दृष्टिकोणले विचार गर्ने हो भने यो सङ्ख्या बढेर ६ मिलियनभन्दा बढी भइसकेको देखिन्छ । विद्यार्थी आप्रवासको मुख्य क्षेत्र एशिया हो । भारत र चीनबाट धेरै सङ्ख्यामा विद्यार्थीहरू विभिन्न देशमा अध्ययनका लागि जाने गरेका छन् । नेपालबाट पनि बर्सेनि ठूलो सङ्ख्यामा विद्यार्थीहरू विभिन्न देशमा जाने गरेका छन् ।

यो पनि देखिन्छ कि सबैभन्दा बढी विद्यार्थी अमेरिका जान रुचाउँछन् । सन् २०२१ मा विश्वको विभिन्न देशबाट ८ लाख ३३ हजार विद्यार्थी अमेरिका पुगेको पाइएको छ । यसैगरी संयुक्त अधिराज्यमा ६ लाखभन्दा बढी विद्यार्थी पढ्न गएको देखिएको छ । यसै अस्ट्रेलिया पनि विद्यार्थीको राम्रो गन्तव्य मानिन्छ । त्यहाँ ३ लाख ७८ हजारभन्दा बढी विद्यार्थी, जर्मनीमा ३ लाख ७६ हजारभन्दा बढी विद्यार्थी अनि क्यानडामा ३ लाख १८ हजार विद्यार्थी पढ्न गएको देखिन्छ । अन्य छिमेकी देशमा जाने विद्यार्थीको सङ्ख्या पनि निकै ठूलो छ । अमेरिका, युके, अस्ट्रेलिया, जर्मनी, क्यानडा आदि देश नेपाली विद्यार्थीको रोजाइमा पर्दछन् । यसैगरी नेपालबाट बर्सेनि हजारौं विद्यार्थी भारतको विभिन्न शहरमा अध्ययनका लागि पुग्ने गर्दछन् ।

आप्रवासीको अध्ययन, रकम प्राप्तिको दृष्टिकोणले पनि गरिएको पाइन्छ । अर्थात्, आप्रवासीहरूले ठूलो परिमाणमा आप्mनो देशमा रकम पनि पठाउने गरेका छन् । बस्ने चाहना त्यहीं हुने तर बस्न नपाउने अवस्थासम्म आप्mनो घरमा रकम पठाइरहन्छन्, विदेश गएकाहरू । विश्वमा भारत, पाकिस्तान तथा बङ्गलादेशमा विदेशबाट ठूलो परिमाणमा विप्रेषण रकम आउँछ । भनिन्छ, विश्वका दश शीर्ष प्राप्तकर्तामा भारत, पाकिस्तान र बङ्गलादेश पर्दछन् ।

आप्रवासीबारे विभिन्न कोणबाट अध्ययन गर्न सकिन्छ । विभिन्न कोणबाट अध्ययन गरिएको पाइन्छ पनि । तर, आन्तरिक रूपमा आप्रवासी बनेकाहरूको भने अध्ययन गरिएको किन पाइँदैन भने समग्र देशको अर्थतन्त्रमा पर्ने प्रभावमा यसले भिन्नता आउँदैन । यद्यपि प्रदेश, पालिका र गाउँको विकासमा आन्तरिक वा बाह्य आप्रवासनबाट प्राप्त हुने रकमको निकै ठूलो योगदान रहेको कुरा स्वीकार गर्न सकिन्छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्