पत्रकार महासङ्घलाई साझारूपमा हाँक्नेछु–अध्यक्ष खनाल

प्रस, वीरगंज, ३ पुस/ नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी, सदस्य, प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यलाई बुधवार प्रमाणपत्र वितरण गरिएको छ । प्रमुख निर्वाचन अधिकृत शत्रुघ्न नेपाल, निर्वाचन अधिकृत हरेराम सर्राफ र केन्द्रीय पर्यवेक्षक दीपन्द्र चौहानले माला पहि¥याएर प्रमाणपत्र वितरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ, पर्साको गत मङ्सिर […]

आधारभूत अस्पतालको निर्माण कार्य शुरु

धर्मेन्द्र चौरसिया, पोखरिया, ३ पुस/ जीराभवानी गाउँपालिका–२ सेढवामा आधारभूत अस्पतालको निर्माण कार्य पुनः शुरू भएको छ । आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य मन्त्रालयको बजेटमा निर्माण शुरू भएको यो अस्पतालको निर्माण कार्य भुक्तानी अभावमा रोकिएको थियो । रु आठ करोड लागतमा ओम बुद्ध कन्स्ट्रक्शनले अस्पताल निर्माणको ठेक्का पाएको थियो तर उसले दुई करोडभन्दा बढी खर्च गर्दा […]

सुक्खा बन्दरगाहबाट कन्टेनर र फलामको आयातमा भारी गिरावट

प्रस, परवानीपुर, ३ पुस/ वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट मालवस्तुको आयातमा भारी गिरावट आएको छ । चार वर्षपछि कन्टेनर र फलामजन्य वस्तुको आयातमा ५० प्रतिशत कमी आएको छ । श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन गरिरहेको प्रिन्स्टिन भ्याली ड्राइपोर्ट प्रालिका सञ्चालन प्रमुख अतुल शर्माका अनुसार प्रिन्स्टिनले सन् २०२० मा यो बन्दरगाह ठेक्का सकार गर्दा […]

जिल्ला प्रशासन कार्यालयकोे सेवालाई सहज बनाउँछु –प्रजिअ अर्याल

प्रस, परवानीपुर, ३ पुस/ नेपालको ७७ जिल्लामध्येबाट कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट ठहरी रूपन्देहीबाट पर्सा सरुवा भएका प्रमुख जिल्ला अधिकारी हुन्, गणेश अर्याल । उनी पर्सा आएको डेढ महीनाभन्दा बढी समय भयो तर पनि जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले चाहे जति सेवा सहजरूपमा नपाएको गुनासो छ । वीरगंज–२१ पटेलनगरकी अनीता देवीले नागरिकता बनाउनको लागि दुई दिन धाउनुपरेको बताइन् […]

रौतहटका किसानद्वारा १८ बुँदे मागसहित ज्ञापनपत्र

प्रस, वीरगंज, ३ पुस/रासस अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)ले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या समाधानको माग गरेको छ । महासङ्घका केन्द्रीय स्थायी समिति सदस्य रामविनयकुमार यादवको नेतृत्वको टोलीले प्रजिअ हीरालाल रेग्मीलाई १८ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सरल तथा सुलभ दररेटमा मलको नियमित आपूर्ति व्यवस्था मिलाउनुपर्ने, कृषि सामग्री र साल्ट ट्रेडिङ […]

सखुवाप्रसौनीमा लगाइएको गाँजा ट्याक्टरले जोतेर फँडानी

बलिराम शुक्ला, बिरुवागुठी, ३ पुस/ पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ सखुनिया शान्ति टोलको वन क्षेत्रमा लगाइएको अवैध गाँजाखेती बुधवार ट्याक्टरले जोतेर नष्ट गरिएको छ । डिभिजन वन कार्यालय पर्सा र विन्ध्यवासिनी कोइलाभार साझेदारी वनको संयुक्त पहलमा कात्तिक १२ गते वन क्षेत्रभित्र लगाइएको गाँजाखेती नष्ट गरिएको थियो । सोही क्षेत्रमा पुनः गाँजा देखिएपछि सुरक्षाकर्मीको सहयोगमा […]

त्रिविविका सबै सम्पत्ति फिर्ता ल्याउने

प्रस, वीरगंज, ३ पुस/ प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिविविका सबै सम्पत्ति फिर्ता ल्याएर छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । त्रिविविको जग्गा तथा सम्पत्ति खोजबीन आयोगले बुधवार बुझाएको प्रतिवेदन उनले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने– त्रिविविको जग्गा उसकै नाममा ल्याइनेछ र हिनामिना गर्ने जोकोहीलाई पनि कानूनको दायरामा ल्याइनेछ । […]

चतुर्वेदी इन्चार्जमा मनोनीत

प्रस, वीरगंज, ३ पुस/ जसपा नेपाल, पर्साले वीरगंज महानगर–२५ का वडाध्यक्ष आशुतोष चर्तुवेदीलाई पर्सा क्षेत्र नं २ को क्षेत्रीय इन्चार्ज र वडा नं १४ का अध्यक्ष महबुब एलाहीलाई क्षेत्र नं १ (क) को अध्यक्षमा मनोनीत गरेको छ । जसपा, पर्सा अध्यक्ष रामनरेश यादवले बुधवार एक कार्यक्रमबीच वडाध्यक्षद्वय चतुर्वेदी र एलाहीलाई मनोनीतपत्र प्रदान गरेका थिए । […]

आप्रवासी र आन्तरिक आप्रवासन

• सञ्जय साह मित्र आधुनिक युगमा मानिसको खुट्टा एक ठाउँमा स्थिर रहँदैन भनिन्छ । मानिस डुलुवा प्राणी पनि हो । मानिस डुलिरहन मन पराउनुका पछाडि धेरै कारण छन् । समाजमा एउटा कथन प्रचलित छ– डुल्नाले ठाउँ हेरिन्छ र स्वाद फेरिन्छ । यसलाई पर्यटनको अर्थमा पनि लिने गरिन्छ । पर्यटनभन्दा मानिस अन्य कारणले पनि एक ठाउँबाट […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्