रूखबाट पक्की भवनमा सराइ, तर भुइँमैं बसाइ

प्रस, पोखरिया, २ पुस/ जीराभवानी गाउँपालिकास्थित नेरामावि पटकुइया, वसन्तपुरमा अध्ययनरत बालविकासदेखि कक्षा चारसम्मका विद्यार्थीहरू चीसोमा पनि भुइँमा बसेर अध्ययन गर्न बाध्य छन् । ४९ वर्ष पुरानो यो विद्यालय आगामी वर्ष ५० वर्ष पूरा गरी स्वर्णजयन्ती मनाउने तयारीमा छ । शुरूका दिनमा बालविकासदेखि कक्षा चारसम्मका विद्यार्थीहरूका लागि भवन अभावले रूखमुनि बसेर अध्यापन गराइन्थ्यो । करीब दुई […]
औराहाको दलित परिवार न्यायको लागि भौंतारिंदै

प्रस, वीरगंज, २ पुस/ पर्साको सखुवाप्रसौनी गाउँपालिका– २ औराहाटोलका एक तुराहा परिवारलाई पर्सा प्रहरीले झूटो मुद्दामा पक्राउ गरेपछि अहिले न्यायको लागि सपरिवार वीरगंजमा भौंतारिरहेको छ । औराहाका सुरज तुराहालाई पर्सा प्रहरीले बोक्सीको आरोपमा थुनेको छ । उनको रिहाइको माग गर्दै उनका परिवारजन भौंतारिरहेका हुन् । २०८० पुस २० गते बाटोसम्बन्धी विवादमा सुरज तुराहा र प्रमोद […]
समिलमा छापामारी, चौकट र सालको गोलिया बरामद

बलिराम शुक्ला, बिरुवागुठी, २ पुस/ वीरगंज–२९ रतनपुरस्थित समिलबाट सशस्त्र प्रहरी र वनकर्मीको संयुक्त टोलीले सालको चिरान काठसहित गोलिया बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्सा र डिभिजन वन कार्यालय, पर्साको टोलीले वीरगंज–२९ रतनपुर निवासी नुरहोदा मियाँको समिलमा छापा मारी विभिन्न आकारका ४४ थान चिरान चौकट र एक थान सालको […]
उचित रकम पाए घर मूलधनीलाई दिन तयार –कानू

प्रस, वीरगंज, २ पुस/ लुम्बिनी विकास बैंक पोखरिया शाखाले एकजना महिलाको घर लिलाम गरेपछि सो घर खरीद गर्ने जग्गाधनीले आपूmले खर्च गरेबापतको रकम फिर्ता गरे घर छोड्न तयार रहेको बताएका छन् । वीरगंजमा पत्रकार सम्मेलन गरी लिलामीको घर किन्ने शोभा देवीका भाइ रामराजाप्रसाद कानूले कसैलाई बेघर गर्ने नियतले आफूले बबिता सर्राफको घर नकिनेको दाबी गरे […]
भ्रष्टाचारीलाई आजीवन कारावास हुनुपर्छ

प्रस, धनुषा, २ पुस/ मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भ्रष्टाचारीलार्ई आजीवन कारावास हुनुपर्ने कुरामा जोड दिएका छन् । जनकपुरधाममा मङ्गलवार आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा उनले भ्रष्टाचार गर्नेलाई आजीवन कारावास गर्दा भ्रष्टाचारमा कमी आउने बताएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको सो कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान कानून […]
लायन्सद्वारा घडीअर्वा पोखरीमा बेन्च

प्रस, वीरगंज, २ पुस/ लायन्स क्लब अफ वीरगंज मिलेनियम एमजेएफले मङ्गलवार वीरगंज–१० स्थित घडीअर्वा पोखरी परिसरमा पाँच थान बेन्च सहयोग गरेको छ । कार्यक्रममा वडाध्यक्ष सुशील साह कानूले घडीअर्वा पोखरीलाई अझ सुन्दर, हरियालीयुक्त र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सहयोग र सहकार्यबाट वडा र समुदायको समग्र विकासमा उल्लेखनीय टेवा पुग्ने बताए । उनले […]
गाँजासहित दुईजना भारतीय पक्राउ

प्रस, वीरगंज, २ पुस/ जिल्ला प्रहरी कार्यालय, बाराले १५ किलो गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्ष्Fक टेकबहादुर कार्की नेतृत्वको टोलीले जीतपुरसिमरा उपमहानगर–२१ अमलेखगंजमा हेटौंडाबाट पथलैयातर्पm आउँदै गरेको भारतीय नम्बरको कार चेकजाँच गर्दा १५ किलो गाँजा बरामद भएको जिप्रका, बाराले जनाएको छ । हिजो बिहान ५ […]
हत्यामा संलग्न एकजना पक्राउ

प्रस, जनकपुर, २ पुस/ धनुषा जिल्ला विदेह नगरपालिका–५ निवासी ४० वर्षीया रामपरिदेवी ठाकुरको हत्यामा संलग्न एकजनालाई पक्राउ गरी मङ्गलवार जिल्ला प्रहरी कार्यालय, धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गत मङ्सिर १८ गते रामपरिदेवी घाँस काट्न गएकी थिइन् । त्यसको भोलिपल्ट शहीद नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा उनको टाउको र शरीर अलग भएको […]
बाल फूटबलको उपाधि सेढवालाई

प्रस, पोखरिया, २ पुस/ नेराप्रावि, जीराभवानीको वार्षिकोत्सवमा भएको प्राविस्तरीय बाल फूटबल प्रतियोगिताको उपाधि नेराप्रावि, सेढवाले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा आयोजक नेराप्रावि, जीराभवानीलाई एकका विरुद्ध दुई गोल गरी नेराप्रावि, सेढवाले उपाधि जितेको हो । विजयी टीमलाई जीराभवानी गापा शिक्षा शाखा प्रमुख शिवराज फुयाँलले शिल्ड प्रदान गरेका थिए । उनले बाल्यावस्थादेखि नै खेलकूदमा सहभागिता […]
२०८१ पुस ०३ गते बुधवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला