आपूर्ति कम हुँदा मलको माग धान्न समस्या, पर्सामा आठ सय मेटन डिएपी र एक हजार मेटन युरिया वितरण

प्रस, परवानीपुर, १ पुस/ पर्सा, बारा, रौतहटसँगै मधेस प्रदेशका पाँच जिल्ला एवं अन्य प्रदेशमा हरेक वर्ष धान र गहुँ खेतीको बेला सबैभन्दा ठूलो समस्याको रूपमा रासायनिक मलको अभाव हुने गर्छ । मागको अनुपातमा आपूर्ति न्यून भएकोले देशैभरि मलको हाहाकार हुने गरेको छ । मलको माग अनुसार आपूर्ति नहुँदा मुख्य धान र गहुँ बाली लगाउने बेलामा […]
बैंकअगाडि ऋणीको धर्ना

प्रस, वीरगंज, १ पुस/ पोखरियामा रहेको लुम्बिनी विकास बैंकअगाडि नागरिक बचाउ अभियानका सदस्यहरूले सोमवार धर्ना तथा प्रदर्शन गरेका छन् । जिल्ला संयोजक राजेन्द्रबहादुर दमाईको नेतृत्वमा सयौं ऋणपीडितले नाराबाजी गर्दै धर्ना दिई दुई घण्टा सडक अवरुद्ध गरेका थिए । देशको आर्थिक अवस्था बिगँ्रदै गएको बेला ऋणीहरूलाई समयसमेत नदिई घर, जग्गा लिलाम गर्नु गलत भएको भन्दै उनीहरूले […]
सुर्तीखेतीमा किसानहरूको आकर्षण बढ्दो

धर्मेन्द्र चौरसिया, पोखरिया, १ पुस/ पर्सा जिल्लाको ठोरीलगायत थरुहट क्षेत्रमा अहिले सुर्तीखेती गर्ने किसानहरू व्यस्त छन् । वर्षको दुईपटक सुर्तीखेती गरिन्छ र नगदेबालीको रूपमा रहेको यो खेतीप्रति यस क्षेत्रका किसानहरूको आकर्षण बढ्दो छ । ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका किसानहरूले सुर्तीखेती गर्दै आएका छन् । प्रतिकट्ठा सुर्तीखेतीमा रु चार हजार खर्च र […]
गढीमाईको बलिदानपछि हरिया तरकारी सस्तिए

प्रस, पोखरिया, १ पुस/ पञ्चवर्षीय गढीमाई मेलाको बलिदान सकिएसँगै पर्सा, बारा क्ष्Fेत्रमा हरिया तरकारीको मूल्य घटेको पाइएको छ । पञ्चवर्षीय मेलामा देश–विदेशबाट मेला भर्न लाखौंको सङ्ख्यामा श्रद्धालुहरू आएका कारण पर्सा, बारामा हरिया तरकारीको मूल्य बढेको थियो । गत असोज ११–१२ गते परेको अविरल वर्षाले यो क्ष्Fेत्रमा हरिया तरकारीखेतीलाई असर पु¥याएको थियो । यसैपटक पञ्चवर्षीय मेला […]
सिम्रौनगढमा निश्शुल्क आँखा शिविर, १८५ जनामा मोतीबिन्दु

प्रस, सिम्रौनगढ, १ पुस/ सिम्रौनगढ नगरपालिका–७ कङ्काली माविमा सोमवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । तिलगङ्गा आँखा अस्पताल, निजगढको प्राविधिक सहयोग र सिएमए सङ्घ तथा सिम्रौनगढ नपाको संयुक्त आयोजनामा आज भएको शिविरको उद्घाटन नगरप्रमुख किशोरीप्रसाद कलवारले गरेका थिए । उद्घाटनसत्रमा प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले स्वागत र सहजीकरण स्वास्थ्य संयोजक विजय ठाकुरले गरेका थिए […]
वीरगंज महानगरको राजस्व ओरालो लाग्दै

प्रस, वीरगंज, १ पुस/ वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व चालू आवको पाँच महीनामा गत आवको सोही अवधिको तुलनामा कम सङ्कलन भएको छ । वीरगंज महानगरपालिका राजस्व महाशाखाले गत आव २०८०/८१ को साउन–मङ्सिरसम्म रु २१ करोड ९९ लाख ९६ हजार ४४२ राजस्व सङ्कलन भएकामा चालू आवको मङ्सिर मसान्तसम्म १९ करोड ९१ लाख १६ हजार ५६६ सङ्कलन भएको […]
राजभक्त समूहले राजा महेन्द्रको १०५औं जन्मजयन्ती मनायो

प्रस, वीरगंज, १ पुस/ राजभक्त देशभक्त समूहले राजा महेन्द्रको १०५औं जन्मजयन्ती सोमवार महावीरस्थानस्थित प्राङ्गणमा मनाएको छ । राजभक्त देशभक्त समूहका अध्यक्ष दीपेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा राजा महेन्द्रको तस्वीरमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको छ । कार्यक्रममा सतीश श्रीवास्तव, जनकलाल साह, अब्दुल सतार अन्सारी, रामनारायण साह, महेन्द्रप्रसाद साह, अनु थापा, धु्रवसिंह ठकुरी, कमल घिमिरे, पुनदेव यादवलगायतको […]
नायब सुब्बाविरुद्ध मुद्दा दायर

प्रस, वीरगंज, १ पुस/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित पक्राउ परेका एकजना नायब सुब्बाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीका नायब सुब्बा अशोककुमार यादवविरुद्ध अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सवारी ज्यान कसूर मुद्दामा मृतकको नजीकको हकदारले पाउनुपर्ने काजकिरिया खर्च तथा क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी […]
पिक्स लेन्सले वार्षिकोत्सव आमाको माया छात्रावासमा मनायो

प्रस, वीरगंज १ पुस/ पिक्स लेन्सले पाँचौं वार्षिकोत्सव आमाको माया छात्रावासमा मनाएको छ । वार्षिकोत्सवको अवसरमा छात्रावासमा केक काटेर बालबालिकालाई शैक्षिक सामग्री, चप्पल एवं फूटबल वितरण गरिएको थियो । वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश लाठ एवं पिक्स लेन्सका व्यवस्थापक सौरभ अग्रवालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्तुति वर्णवालले गरेकी थिइन् ।
प्राविस्तरीय बाल फूटबल प्रतियोगिता

प्रस, पोखरिया, १ पुस/ नेराप्रावि जीराभवानीको वार्षिकोत्सवको अवसरमा सोमवारदेखि दुई दिवसीय प्राविस्तरीय बाल फूटबल प्रतियोगिता शुरू भएको छ । नेराप्रावि जीराभवानी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण भैयाले आज प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन खेलमा आज दुईवटा खेल सम्पन्न भए । पहिलोमा नेरामावि, सेढवाले शिवशक्ति प्रावि, शान्तिटोललाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित ग¥यो । यसैगरी, […]