प्रस, वीरगंज, २९ मङ्सिर/
अपाङ्गता समीकरण अभ्यास खेल तथा अन्तत्र्रिmयात्मक कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवस ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार : अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ नाराका साथ सम्पन्न भएको छ ।
समृद्ध समाजका लागि युवा सशक्तीकरणका अध्यक्ष महेश साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश खेल्कूद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल थिए ।
कार्यक्रममा मन्त्री जयसवालले अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार र अपाङ्गता समावेशी विकास अवधारणा प्रवद्र्धन गराइ उनीहरूको जीवनस्तरमा सुधार ल्याउन सबैको सहयोग, क्रियाशीलता आवश्यक रहेको बताए ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको सुरुआत विश्वभर एकीकृतरूपमा प्रवद्र्धन गर्न सन् १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको अध्यक्ष साहले जानकारी दिए । शुरूमा यस दिवसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्ने गरिन्थ्यो । तर सन् २००६ डिसेम्बर १३ तारिखका दिन संयुक्त राष्ट्रसङ्घको ६१औं महासभाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि पारित गरी सन् २००८ देखि लागू भएपछि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस नामकरण गरी विश्वभर एकैसाथ १३ डिसेम्बरका दिन मनाउन थालिएको हो ।
अपाङ्गता अर्थात् “अपाङ्गता भएका व्यक्ति” भन्नाले शारीरिक, मानसिक, बौद्धिक, इन्द्रिय वा रक्त र स्नायुसम्बन्धी दीर्घकालीन विचलन, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा भौतिक र सञ्चारसमेतको विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनुपर्छ । एक अध्ययनले देखाए अनुसार ७० वर्षभन्दा माथिका हरेक व्यक्तिले औसतमा झन्डै आफ्नो जीवनको ११ प्रतिशत आयु कुनै न कुनै रूपमा मानसिक वा शारीरिक कार्य सीमिततामा बाँच्नु पर्छ, जुन अपाङ्गताको अवस्था हो । अपाङ्गता जसलाई पनि जुनसुकै बेला पनि हुन सक्छ तर यसरी आएको शारीरिक वा मानसिक परिवर्तनलाई मात्रै अपाङ्गता भनिंदैन ।
कार्यक्रममा नेत्रहीन युवा सङ्घ नेपालका ज्योति झा, बबिता जैसवाल, प्रिया मिश्र, प्रकाश थारू, अभिलाष गुप्तालगायतको सहभागिता थियो ।