१८ सय बिघामा तोरीखेती, ठोरी बन्यो पहेंलपुर

धर्मेन्द्र चौरसिया, पोखरिया, २८ मङ्सिर/ पर्साको ठोरी अहिले पहेंलपुर (चारैतिर पहेंला रङ्ग देखिने) बनेको छ । बस्ती वरपरदेखि टाढाटाढासम्म खेतबारीमा तोरी फुलेको देखिन्छ । जसको कारण सबैले ठोरीको सुवर्णपुर, विजयबस्ती, सरस्वतीनगर क्षेत्र पुग्दा पहेंलपुरमा आएको आभास हुन्छ । ठोरीमा केही वर्षदेखि नगदेबालीको रूपमा तोरीखेती गर्न थालिएको हो । जसले गर्दा हरेक वर्ष मङ्सिर र पुसमा […]
पर्सामा १६१, बारामा १३९ मत खस्यो बारामा सुवेदी र रौतहटमा कार्की विजयी

प्रस, परवानीपुर, २८ मङ्सिर/ नेपाल पत्रकार महासङ्घ पर्सा रबारामा निर्वाचन सम्पन्न भएको छ । पर्सामा बिहान ९ देखि साँझ ६ बजेसम्म र बारामा बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान सम्पन्न भएको थियो । नेपाल पत्रकार महासङ्घ, पर्सा र बाराका सभाहलमा निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले जनाएका छन् । पर्सामा कुल १६८ जना पत्रकार मतदाता […]
गढीमाई मेलाको हिसाब पुस पहिलो साता हुने –मेला समिति

प्रस, परवानीपुर, २८ मङ्सिर/ बाराको पञ्चवर्षीय मेला गढीमाईको हिसाबकिताब पुस १ गतेदेखि शुरू गरिने मेला समितिले तयारी गरेको छ । मेला समितिका प्रवक्ता विजय स्वर्णकारले दिएको जानकारी अनुसार पुस पहिलो सातासम्म गढीमाई मेलाको आयव्ययको हिसाब सार्वजनिक गरिनेछ । उनले मङ्सिर २९ गते शनिवार र ३० गते उधौली पर्वले गर्दा सार्वजनिक बिदा भएकोले मेलामा भीडभाड बढ्ने […]
आसमान नेपालद्वारा शिक्षासम्बन्धी समीक्षा

चिरञ्जीवी सापकोटा, ठोरी, २८ मङ्सिर/ आसमान नेपालले ठोरी गाउँपालिकामा समतामूलक र समावेशी शिक्षा कार्यक्रम अन्तर्गत सिकाइ तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ठोरीभित्रका छवटा माविमा आसमान नेपालले सन् २०२४ देखि २०२८ सम्म विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्षको अन्तिम समय आएको बताउँदै पहिलो वर्षमा आसमान […]
वृद्धवृद्धा आश्रमलाई सहयोग

प्रस, वीरगंज, २८ मङ्सिर/ उपकार सेवा नेपालले ठोरी गाउँँपालिका–१ भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा सहयोग गरेको छ । वृद्धवृद्धा आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्तःमनस्थिति एवं वृद्धवृद्धा तथा बालबालिकाहरूको लागि ट्राउजर ३० थान, ज्याकेट ३० थान, दाल, नून खानेतेल, चना, सोयाबिन, चामल, पीठो, भुजा, चाउचाउ, बिस्कुट, सेनिटरी पैड, डाइपर, फिनाइललगायतका सामग्रीहरू संस्थाकी अध्यक्ष विद्या सरावगीले आश्रमका सदस्य […]
फेन्सी ड्रेस प्रतियोगिता

प्रस, वीरगंज, २८ मङ्सिर ज्ञानदा एकेडेमीले प्ले ग्रुप र नर्सरी कक्षाका विद्यार्थीभित्र रहेको सिर्जनशीलता प्रदर्शन गर्ने उद्देश्यले फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न गरेको छ । एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले बालबालिकाको अधरमा मुस्कान र सिर्जनशील प्रवद्र्धनलाई बचाइराख्न यस प्रकारको प्रतियोगिता गरिरहनुपर्ने बताए ।
विगत–वर्तमान

• नवराज रिजाल पूर्वप्रहर फाट्नु अघि नै बिहानी कार्यक्रम सक्यो । हिजोभन्दा धेरै बालुवा जम्मा गर्नुपर्छ, मनमनै सोच्यो । आफू मात्र पालिएर भएन, सन्तान र डिल्लीको सुखदुःखसमेत आफैंसँग छ । साहूको ऋण पनि घटाउनु छ । नजीकै दशैं र लगत्तै तिहार छ । काले गुरुङ अथवा ऊ वर्षको नौ महीना राम्दी खोलाको बगर कुर्छ । […]
सुखराती

• डा शिवशङ्कर यादव बसवरियाको सुखराती महतोको पुस्तैनी १० बिघा खेत थियो । घरमा सुनयना नामकी पत्नी, सुगिया बेटी र परदेसिया नामको एक छोरा थियो । परिवार सानो थियो । परदेसियाको विवाह भएपछि एउटा सदस्य थपिए पनि सुगियाको विवाहपछि पारिवारिक सङ्ख्या यथावत् रह्यो । परदेसिया त्यसो त निठल्ला थियो । तर जसको १० बिघा खेत […]
यसरी बढ्ने रहेछ आस्थाको आयाम

• सञ्जय मित्र आस्थालाई अन्धविश्वास वा भ्रम जे आरोप लगाए पनि यसलाई कुनै न कुनै रूपमा सबैले मानेको पाइन्छ । यदि कसैले आफूलाई विज्ञान वा वैज्ञानिक तथ्य तथा तर्कलाई मात्र मान्ने गरेको भन्छन् भने पनि त्यो विज्ञानमाथिको आस्था हो । विज्ञानमाथिको अन्धविश्वास पनि हो । आफूले परीक्षण नगरी गरिने सबै विश्वासलाई अन्धविश्वास वा आस्था नै […]
२०८१ मङ्सिर २९ गते शनिवारको प्रतीक दैनिक

पढ्न यहाँ क्लिक गर्नुहोला