प्रस, जीतपुर, २७ मङ्सिर/
डिभिजन वन कार्यालय, सिमराको हातामा कराडौं मूल्य पर्ने सालको गोलिया, चिरान काठ र सवारीसाधन नष्ट हुने अवस्थामा पुगेका छन्।
न्यायालय तथा डिभिजन वन कार्यालय, सिमराको ढिलासुस्तीका कारण डिभिजन वन कार्यालय, सिमराको हाताभित्र रहेका चिरान काठ, गोलिया, सयौं साइकल, मोटरसाइकल, ट्याक्टर, जीप, ट्रकहरू १०औं वर्षदेखि खुला आकाशमुनि घामपानी खेपेर जीर्ण अवस्थामा पुगेका छन्।
डिभिजन वन कार्यालय, सिमराका प्रमुख राजीवकुमार झाले विभिन्न समयमा काठ तस्करहरूबाट काठ तथा सवारीसाधन नियन्त्रणमा लिएको र न्यायालयमा मुद्दा चलिरहेका कारण अलपत्र अवस्थामा रहेको बताए। उनले कारबाई पूरा भएका काठ तथा सवारीसाधन लिलामी प्रक्रियामा लैजाने बताए।
तत्कालीन जीतपुरसिमरा पञ्चायतका प्रधानपञ्च मुकुन्दबहादुर क्षत्रीले न्यायालय र वन कार्यालयको ढिलासुस्तीका कारण करोडौं मूल्य पर्ने सरकारी सम्पत्ति घामपानी खाएर नष्ट भइरहेकाले यसतर्फ सरकारले अविलम्ब लिलामी प्रक्रिया चाल्नुपर्ने बताएका छन्।