योमरी पुन्हीको अवसरमा रक्तदान कार्यक्रम

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, ठोरी, २७ मङ्सिर/

नेवार समुदायको पर्व योमरी पुन्हीको पूर्वसन्ध्यामा पर्साको ठोरी गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेवाः देय दवू, सुवर्णपुरको आयोजनामा  ठोरी गापा–५ को वडा कार्यालयमा सम्पन्न कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा छजना महिलासहित ५२ जनाले रक्तदान गरेको नेवाः देय दबू, सुवर्णपुरका पूर्वअध्यक्ष अमृत श्रेष्ठले बताए। ठोरी गापा–५ का अध्यक्ष अष्टबहादुर लोप्चनले रक्तदान गरी कार्यक्रमको सुरुआत गरेका थिए। लोप्चनले १४औं पटक रक्तदान गरेका छन्। कार्यक्रममा सरोजकुमार चौलागाईं, रमेश थापा, गणेश खड्का, अमित श्रेष्ठ, अलिशा श्रेष्ठ, हेमन्त प्रधानलगायतले रक्तदान गरेका थिए।

कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेय, मनीष गुप्ता, नितेश यादवलगायतले प्राविधिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले बताएका छन्। 

योमरी पुन्हीका अवसरमा सुवर्णपुरमा हरेक वर्ष रक्तदान कार्यक्रमको हुँदै आएको छ। नेवाः देय दबु सुवर्णपुरका अध्यक्ष रूपबहादुर श्रेष्ठको अध्यक्ष्Fता र ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, वडाध्यक्ष लोप्चन, नेवा देय दबु ठोरीका अध्यक्ष रामबहादुर श्रेष्ठलगायतको सहभागिता थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस