ब्राउनसुगरसहित चारजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २७ मङ्सिर/

एसएसबी र रक्सौल नकरदेई थानाको टोलीले २७८ ग्राम ब्राउनसुगरसहित चारजना नेपालीलाई पक्राउ गरेको छ। 

वीरगंज महानगरपालिका–१२ का विशाल कुमार, वडा नं ६, रामटोलका राजेशप्रसाद यादव, रेशमकोठीका आयुष अग्रवाल, बारा, नितनपुरका रामकिशोर साह कानू रहेको एसएसबीले जनाएको छ।

चारैजनालाई लागूऔषध नियन्त्रण ऐन (एनडिपिएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको एसएसबीले जनाएको छ।

सो क्षेत्रमा स्म्याक र ब्राउन सुगरको कारोबार हुने गरेकामा हालै आएका प्रहरी प्रमुख (एसपी) स्वर्ण प्रभातको नेतृत्वमा लगातार कारबाई भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस