प्रस, जनकपुरधाम, २७ मङ्सिर/
क्लथ बैंक नेपालले सेफ हाउसका महिला हिंसापीडितहरूलाई १४ थान नयाँ न्यानो कपडा वितरण गरेको छ।
यसैगरी, विजय मलिकको परिवारलाई १० थान जाडोका लुगा वितरण गरिएको जनाइएको छ। अलजामियाँ अलतुल हन्फी अलतुल गोसिया मदर्सामा अध्ययनरत विपन्न बालबालिकाहरूका लागि क्लथ बैंकले ४० थान ज्याकेट वितरण गरेको जनाएको छ।
कार्यक्रममा क्लथ बैंक नेपालका अध्यक्ष डा राजीव झा, सचिव मनीष श्रीओम, कोषाध्यक्ष रुबि झा, कार्यक्रम संयोजक रञ्जीत झा, सचिव कृष्णकुमार साह, नेपाल–भारत खुला सीमा संवाद समूहका पदाधिकारी धनेश्वर ठाकुलगायतको सहभागिता थियो।