प्रस, परवानीपुर, २६ मङ्सिर/
नेपाल पत्रकार महासङ्घ, बाराको चुनावी प्रक्रिया पनि शुरू भएको छ। नेपाल पत्रकार महासङ्घ बाराको सभाहलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी प्रक्रिया अगाडि बढाइएको छ।
बुधवार उम्मेदवारी दिने कार्यतालिका रहेकोमा कुल ३४ सिटको लागि ४३ जनाले उम्मेदवारी दिएका छन्। नेपाल पत्रकार महासङ्घ बाराको अध्यक्ष पदको लागि तीनजनाले उम्मेदवारी दिएका छन्। सो पदमा रमेश सुवेदी, श्यामबाबूप्रसाद यादव र अनिलकुमार तिवारीले उम्मेदवारी दर्ता गरेका छन्।
एक सिटको खुला उपाध्यक्षतर्फ पन्नालाल दास, महिला उपाध्यक्षतर्फ प्रियङ्का दास र सचिवमा पुष्पराज खतिवडा गरी एक/एक जनाको मात्र उम्मेदवारी परेकोले तीनैजना निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत निमेष तिमिल्सिनाले जानकारी गराए।
त्यसैगरी, सहसचिवमा प्रदीप गौतम र इन्दीप कोइराला गरी दुईजनाको उम्मेदवारी परेको छ। सहसचिव समावेशीमा दुष्यन्त चौधरी र अरुण कुशवाहाको उम्मेदवारी परेको छ। कोषाध्यक्षमा अनिल पाण्डे, रञ्जन यादव, महिला सदस्यमा प्रियङ्का सर्राफ, काजल कार्की, तुलसा घिमिरे गरी
तीन जनाको उम्मेदवारी परेको छ। त्यसैगरी, दलित सदस्यमा शर्मालाल बैठा, आदिवासी जनजाति सदस्यमा धीरेन्द्र पनुहर, मधेसी सदस्यमा धीरेन्द्र तिवारी, अन्य समावेशी सदस्यमा नुरआलम मन्सुर निर्विरोध निर्वाचित भएका छन्।
खुला सदस्यको छवटा सिटको लागि रतन टेमानी, नरेश गुप्ता, चन्दनकुमार मेहता, राहुल गुप्ता, प्रभुप्रसाद
यादव, जिउतप्रसाद यादव, प्रह्लाद तिमल्सिना, नवीन चौधरी, नारायण पौडेल गरी नौजनाको उम्मेदवारी परेको छ।
त्यसैगरी, ११ सदस्यीय प्रदेश परिषद् सदस्य पदमा अमिलकुमार साह, श्रीकान्त गुप्ता, रामेश्वर मेहता, गम्भीरा सहनी, मनोजकुमार साह, श्यामबाबू गुप्ता, भोलानाथ पौडेल, सिकेन्द्र साह, पवन यादव, लक्ष्मी पाण्डे गरी १० जनाको उम्मेदवारी परेकामा १० जना नै निर्विरोध निर्वाचित भएका छन् भने पाँच सदस्यीय केन्द्रीय परिषद्मा लक्ष्मी साह, गोकुल घोरसाइने, कमलकुमार उपाध्याय, भोजराज भट्टराई र सत्यप्रसाद श्रेष्ठ
गरी पाँचजनाको उम्मेदवारी परेकामा उनीहरू सबैजना निर्विरोध निर्वाचित भएका छन्।